Shikhar Insurance
National Life

पुँजीबजारमा ज्वार-भाटा युक्त साता : सेबाेनमा अध्यक्ष आएपनि किन समाएन बजारले लय

सिंहदरबार संवाददाता
२०८१ मंसिर १४, शुक्रबार १६:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति पछि सेयर बजारमा हरियाली देखिन्छ भनेर मख्ख परेका लगानीकर्ताहरुका लगि अध्यक्ष नियुक्तिकाे साता समेत सुखद रहेन । साताकाे पाँचैदिन सेयर कारोबार भएपनि बजारमा भने ज्वार भाटा कायमै रहेकाे छ ।

लामाे समय देखी पुँजीबजारकाे नियामकीय निकाय नेपाल धितोपत्र बोर्डकाे अध्यक्ष खाली रहेपनि गत सोमबारकाे मन्त्रीपरिषद बैठकले  सन्तोष नारायण श्रेष्ठलाई बोर्डकाे अध्यक्षमा नियुक्त गरेको थियाे । नियामकीय निकायले नेतृत्व पाएपनि बजारले भने लय  समाउन सकेकाे छैन । साताकाे  पहिलो दिन आइतबार र अन्तिम दिन बिहीबार सेयर बजार राताम्मै भएको छ भने बाकी ३ दिन बजारमा सामान्य सुधार देखा परेकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समग्रमा यो साता ३९ अर्ब ३८ करोड ३० लाख ३० हजार ४९ रुपैयाँमा ७ करोड ५६ लाख ७३ हजार ९ सय २८ कित्ता सेयर किनबेच हुँदा बजार भने ६७.६१ अंकले बढेर २७४८.०५ को बिन्दुमा पुगेको छ ।

यस्तो छ साताको सेयर बजार

साताको पहिलो कारोबार दिन अर्थात मंसिर ९ गते सेयर बजार १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुम पुगेर बजार बन्द भएको थियो । आइतबार ३ सय २२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ बराबारकाे काराेबार भएकाे थियाे ।

सो दिन ५५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८१ कम्पनीको सेयर मुल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, यो दिन थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको थियो भने एक कम्पनीको सेयर मूल्य ७.७५ प्रतिशतले घटेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात् मंसिर १० गते सेयर बजार १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुम पुगेर बजार बन्द भएको थियो । सोमबार ३ सय ९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ रुपैयाँ बराबारको कारोबरा भएको थियो । साे दिन  १ सय ६९ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको सेयर मुल्य घटेको थियो भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सामूदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने ङादी ग्रुप पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात मंसिर ११ गते सेयर बजार बजार ३३.४१ अंकले बढेर २७१६.६६ मा पुगेर बजार बन्द भएको थियो । मंगलबार ३ सय १२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९ सय ८७ रुपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

मंगलबार २ सय ११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको थियो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।  सो दिन ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको चौथो कारोबार दिन अर्थात मंसिर १२ गते सेयर बजार ३९.७० अंकले बढेर २७५५.४७ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन २०० कम्पनीको सेयर मूल्य बढ्दा ३८ कम्पनीको सेयर मूल्य घटेको थियो भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । बुधबार ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको अन्तिम कारोबार दिन सेयर बजार ८.३० अंकले घटेर २७४८.०५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मानुसी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्