किन गिजोलियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया, ‘बिग ग्याम्बल’मा नयाँ स्टक एक्सचेन्ज

काठमाडौं । धितोपत्र बोर्डका पुर्व अध्यक्ष भिष्म ढुङगानालाई २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद बैठकबाट निलम्बन गर्यो । यसरी ढुङगाना कार्याकाल नसकिदै बोर्ड नेतृत्वबाट बाहिरिए । यसपछिको बाँकी कार्याकालका लागि २०७८ फागुन ५ गते रमेश हमाल बोर्ड नेतृत्वमा आए । उनको कार्यकाल थप्नका लागि भएका सबै प्रयासहरु विफल बनेर गए । यसरी उनी २०८० पुस २० गते कार्यकाल सकाएर बोर्डबाट बिदा भए । अध्यक्ष नियुक्तिको प्रकृया २०८० माघ ४ बाट सुरु भयो । यो प्रक्रिया पुर्व अर्थमन्त्री प्रकाश शरण महतले सुरु गरेका थिए । मन्त्रिपरिषदको निर्णयबाट तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन भयो । समितिमा तत्कालिन अर्थसचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यका रुपमा उदय निरौला नियुक्त भए । सो समितिले २०८० फागुन १६ गते सूचना निकाल्यो । सूचनामा १९ जनाले सहभागिता जनाएका थिए । यसपछि समितिले पाँच जनाको नाम प्रकाशित गर्यो । पाँच जनामा चिरन्जिवी चापागाई, कृष्ण बहादुर कार्की, मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठ छन् । यी पाँच जनाको अन्तर्वार्ता लिन सुरु भयो । यसपछि प्रकृया थप गिजोलिदै आएको छ । पुर्व अर्थमन्त्री  महतले सुरु गरेको अध्यक्ष नियुक्ति प्रकृया पुर्व अर्थमन्त्री वर्षमान पुनले समेत अघि बढाए । पुनले अघि बढाएको प्रकृयामा केहि उम्मेदवारहरुले नै अन्तर्वार्ता बहिस्कार गरिदिए । … Continue reading किन गिजोलियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया, ‘बिग ग्याम्बल’मा नयाँ स्टक एक्सचेन्ज