एकै वर्ष ११ अर्ब ६१ करोड कर तिर्दा पनि सुर्य नेपाल प्रालीले किन पाएन सम्मान ?
काठमाडौं । वर्षेनी धेरै कर तिरेर सम्मानित हुने सुर्य नेपाल प्राली यो पटक असफल भएको छ । नेपाली चुरोट बजारमा एकलौटी व्यापार गरिरहेको सुर्य नेपाल सबैभन्दा धेरै कर दाखिला गरेर पनि सम्मानित हुन नसकेको हो । अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले मंसिर १ गते (शनिबार) १६ विधामा कर धेरै कर दाखिला गर्ने कम्पनीहरुलाई सम्मानित गरिरहेको छ । विभागका अनुसार धेरै कर तिरेर सम्मानित हुनका लागि धेरै रकम तिरेर मात्रै पुग्दैन । सबै कर कानूनको अनुपालन पनि गर्नुपर्छ । आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरतर्फ गरी कुल ११ अर्ब ६१ करोड कर दाखिला गरेको तथ्यांक छ । यो निकायतर्फ सबैभन्दा धेरै कर दाखिला गर्ने पहिलो कम्पनी हो । तर कम्पनीले कर कानून अनुपालन नगरेको भन्दै सम्मान दिन अस्वीकार गरेको हो । आर्थिक वर्ष २०७९/०८० मा कम्पनीलाई ठूला करदाता कार्यालयले कर एसिस्टमेन्ट गरेको छ । सो असिस्टमेन्टमा चित्त नबुझेपछि कम्पनी सिधै सर्वोच्च अदालत पुगेको छ । विभागका अनुसार कम्पनीले चित्त नबुझे विभागका महानिर्देशक समक्ष निवेदन दिनुपर्छ । महानिर्देशकको निर्णय चित्त नबुझे राजस्व न्यायधिकण जानुपर्छ । यदि राजस्व न्यायधिकरणको पनि चित्त नबुझेको खण्डमा बल्ल अन्य अदालत जाने बाटो खुला हुन्छ । विभागले कानुन अनुसार रिभ्युमा नगएको भन्दै सम्मान दिन अस्वीकार गरेको हो । विभागका एक कर्मचारीले भने, … Continue reading एकै वर्ष ११ अर्ब ६१ करोड कर तिर्दा पनि सुर्य नेपाल प्रालीले किन पाएन सम्मान ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed