धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती : केपी ओलीले पाँच अर्ब कमिसनको भार बोक्न खोजेका हुन् ?
काठमाडौं । सर्वाधिक चासो र विवादबाट गुज्रिरहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया पुन: अघि बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा छनौट समिति संयोजक प्रा.डा शिवराज अधिकारी नेतृत्वको समितिले मंसिर ९ गते यस अघि अन्तर्वार्तामा अनुपस्थित ३ जना प्रतिष्पर्धीलाई बोलाएको छ । रोचक विषय यो छ की स्वयं प्रधानमन्त्री केपी ओलीले बोर्ड अध्यक्ष नियुक्ती प्रकरणमा पाँच अर्बको कमिसनबारे पटक-पटक आफैंले स्पष्टीकरण दिँदै आएका छन् । झट्ट हेर्दा बोर्डमा सह-सचिव स्तरका एक कर्मचारीको नियुक्ती मात्रै जस्तो देखिन्छ तर त्यहाँ रणनीतिक महत्त्वका लाइसेन्स वितरणका कामहरु पाइपलाइनमा छन् । तिनै लाइसेन्सका लागि ऐतिहासिक ‘कर्पोरेट वार’ देखिन्छ । त्यहि लाइसेन्सका लागि व्यवसायीक घरानाबीच सुरु भएको लडाईँकै कारण २०८० पुस २० गतेदेखि पुँजी बजारको सर्वोच्च नियामक निकाय धितोपत्र बोर्ड नेतृत्व बिहिन छ । अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन जना अनुपस्थित भएपछि २०८१ असोज १८ गते बिहान ८ बजे अन्तरवार्ताका लागि डाकिएको थियो । तर योजना आयोगका उपाध्यक्ष तथा छनौट समिति संयोजक डा. शिवराज अधिकारी बिरामी भएर अस्पताल भर्ना भएपछि भने त्यो अन्तर्वार्ता पनि रोकिएको थियो । बोर्ड अध्यक्ष नियुक्ति विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण भैसकेको छ । २०८१ जेठ ३२ गते अख्तियारमा दर्ता भएको उजुरीमा धितोपत्र … Continue reading धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती : केपी ओलीले पाँच अर्ब कमिसनको भार बोक्न खोजेका हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed