Shikhar Insurance
National Life

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै धरानका विष्ट

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १०:२३
Hyundai
NIMB

धरान ।बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । पछि विदेशमा गर्ने दु:ख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए ।

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लाग्नुभएका उनले यसैबाट मनग्गे आम्दानी गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालउनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक १ लाख खर्च खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ । उनले भने ‘इँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।’

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा १ सयदेखि १ सय ५० सम्म बिक्री गर्दै आएको बताए । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ ।

अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनल सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । उनले एउटा विरुवालाई १० देखि रु २० सम्ममा बिक्री गर्दै आएका थिए । उनका व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार उपलब्ध गराइसकेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्