सुनको भन्सार घट्न सक्ने भन्दै बैंकहरु स्टक क्लियरेन्समा लागे, तिहारका लागी २ किलो मात्रै ल्याए

काठमाडौं । सुनको भन्सार महसुल घट्न सक्ने भन्दै वाणिज्य बैंकहरुले आफूसँग भएको सुनको स्टक क्लिएरेन्समा लागेका छन् । तिहारका लागि राष्ट्र बैंकको आग्रहमा प्रत्येक बैंकले २ किलो मात्रै खरिद गरेका हुन् । एक बैंकका कार्यकारी अधिकृत (सीईओ) ले सिंहदरबारसँग भने, ‘नेपालमा भन्दा भारतमा सुन सस्तो हुदाँ वाणिज्य बैंकहरुको सुन बिक्रीमा गिरावट आएको छ, कुन बेला अर्थ मन्त्रालयले महसुल घटाउँछ थाहा छैन, घाटाको व्यापार किन गर्नू ।’ ती सिइओका अनुसार तिहारका लागि वाणिज्य बैंकहरुले प्रत्येक बैंकले भोलेन्टियरको रुपमा २ किलो मात्रै सुन मगाएका हुन् । चालु आवको ३ महिनाको १ लाख १ सय ५५ ग्राम सुन नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँको सुन आयात भएको हो । सो सुन आयात नेपाल सरकारले सुन आयातमार्फत २० करोड ८६ लाख ५८ हजासर रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले देखाएको छ । गत आव २०८०।८१ को सोही अवधिमा सुन ९ लाख ५ सय ग्राम नेपाल भित्रिउको थियो । कुन देशबाट कति सुन आयात ? चालु आव २०८०।८१ को तीन महिनामा ५ देशहरुबाट सुन आयात भएको छ । सबैचन्दा धेरै टर्कीबाट सुन आयात भएको छ । टर्कीबाट मात्रै तीन महिनामा १ लाख ग्राम सुन नेपाल भित्रिएको छ । त्यस्तै, हङकङबाट७५ ग्राम, … Continue reading सुनको भन्सार घट्न सक्ने भन्दै बैंकहरु स्टक क्लियरेन्समा लागे, तिहारका लागी २ किलो मात्रै ल्याए