भारतले पाम, सोयबिन, भटमासको तेलमा भन्सार बढाएपछि नेपाली उद्योगीले बैंकको लिमिट र ऋण बढाउन थाले

काठमाडौं । भारतले पाम, सोयबिन र भटमास तेलमा भन्सार महसुल बढाएसँगै नेपाली व्यावसायी उत्साहि भएका छन् । तेस्रो देशबाट आयात गरी भारत पठाउनका लागि व्यवसायीहरु उत्साहि भएका हुन् । भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपाली व्यावसायीहरु उत्साहि भएका छन् । अहिले उद्योगीहरु बैंकमा लिमिट र ऋण प्रोसेस गर्न सुरु गरेका छन् । एक वाणिज्य बैंकका कार्यकारी अधिकृत सिइओले भने, “अन्य क्षेत्रमा ऋण बढ्न सक्ने अवस्था छैन, अहिले तेल उद्योगीहरुले लिमिट र लोनका लागि प्रोसेस बढाउन थाल्नु भएको छ, यो क्षेत्रमा ऋण बढ्न सक्ने देखिएको छ ।” नेपाली सामान नभएपनि नेपालको प्रमुख निर्यात वस्तु नै तेल भएकोले सरकारले समेत सहयोग गर्नुपर्ने बताए । नेपालमा पाम, भटमास, सोयबिन तेलको भन्सार महशुल समान राखिएको छ ।  यदि यी तीनै वस्तु कच्चा (क्रुड) भन्सार शिर्षकमा भित्रिए १० प्रतिशत महशुल तिर्दा पुग्छ । यदि तयारी शिर्षकमा आयात भयो भने १५ प्रतिशत भन्सार महशुल तिर्नुपर्छ । यसरी नेपाली उद्योगले ल्याएको तेल भारत ६० दिनभित्रै निर्यात गर्न सके १० प्रतिशत भन्सार महशुल पनि छुट हुन आउँछ ।  यसरी नेपाली उद्योगले लाभ लिन सक्छन् । पाम तेलको लफडा के हुन्छ पाम तेल आयातकर्ता र भन्सार विभागबिचको विवाद अझै पनि टुङगिएको छैन । जनकरपुर रिफाइनरिजले ल्याएको पाम तेल … Continue reading भारतले पाम, सोयबिन, भटमासको तेलमा भन्सार बढाएपछि नेपाली उद्योगीले बैंकको लिमिट र ऋण बढाउन थाले