भारतबाट एक किलो सुन तस्करी गर्दा १४ लाख मार्जिन, ८० प्रतिशतले घट्यो आयात अर्थ मन्त्रालयलाई छैन चिन्ता

काठमाडौं । भारतबाट नेपालमा एक किलो सुन तस्करी गर्दा १३ लाख ७० हजार १ सय रुपैयाँ मार्जिन बस्ने भएको छ । भारतमा भन्दा नेपालमा भन्सार महसुल बढी भएपछि भारतबाट नेपाल सुन तस्कर हुने क्रम बढेको हो । भारतमा असोज २३ गतेको मूल्य अनुसार प्रतिग्राम सुनको १२ हजार २७० रुपैयाँ पर्छ । यस्तै, नेपालमा एक ग्राम सुन खरिद गर्नका लागि (असोज २३ गते)को मूल्य अनुसार १३ हजार ६४० रुपैया तिर्नुपर्छ । यसरी नेपाल र भारतमा प्रतिग्राम नै १३ सय ७० रुपैयाँ फरक छ । यस हिसाब अनुसार यदि एक किलो सुन भारतबाट नेपाल भन्सार छलि गरेर ल्याउँदा १३ लाख ७० हजार १ सय मार्जिन बस्ने गर्छ । यसअघि नेपालको भन्दा भारतमा भन्सार महसुल बढी हुदाँ नेपालबाट भारत सुन तस्करी हुने गर्दथ्यो भने अहिले भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको छ । सरकाररले सुनमा कर बढाएसँगै सुन आयातमा ८० प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा नेपाली बैंक तथा वित्तिय संस्थाले ५ लाख ग्राम अर्थात ५ सय किलो सुन आयात गरेको तथ्यांक छ । तर चालु वर्षको २ महिनामा भने १ सय किलो मात्रै सुन आयात भएको देखिन्छ । भारतबाट सुन तस्कर भैरहेको सूचना प्रहरी र व्यावसायीहरुले निरन्तर सरकारलाई जानकारी गराइरहेका छन् । तर अर्थ मन्त्रालयले भन्सार महसुल घटाउनेतर्फ … Continue reading भारतबाट एक किलो सुन तस्करी गर्दा १४ लाख मार्जिन, ८० प्रतिशतले घट्यो आयात अर्थ मन्त्रालयलाई छैन चिन्ता