धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ता सुरु हुनै सकेन, योजना आयोगका उपाध्यक्ष अनुपस्थित
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ । यस अघिका अन्तरवार्ताहरुमा अनुपस्थित रहेका ३ उम्मेदवारका लागि शुक्रबार बोलाईएको थियो । बिहान ८ बजेका लागि डाकिएको अन्तरवार्ता अझै सुरु हुन सकेको छैन् । अन्तरवार्ता दिनका लागि बिहान ८ बजे दुई जना प्रतिष्पर्धी अर्थमन्त्रालय पुगेका थिए तर अझै अन्तरवार्ता सुरु हुन सकेको छैन् । स्रोतका अनुसार योजना आयोगका उपाध्यक्ष तथा छनौट समितिका संयोजक डा. शिवराज अधिकारी नै अनुपस्थित भैदिएपछि अन्तरवार्ता थप अन्यौलमा परेको हो । ‘छनौट समितिका उपाध्यक्ष नै आउनु भएको छैन्, यस अघि प्रतिष्पर्धी उपस्थित भएनन्, आज आएर छनौट समिति संयोजक नै उपस्थित हुनु भएको छैन् ।’, मन्त्रालय स्रोतले सिंहदरबारलाई भन्यो । अन्तरवार्ताका लागि डाकिएका तीन जनामध्ये कृष्ण बहादु कार्की तोकिएको ८ बजे अघि नै अर्थमन्त्रालय पुगेका थिए भने डा. अधिकारी पनि ८:३० बजे अर्थमन्त्रालय पुगिसकेका थिए । यस अघिका अन्तरवार्ताहरुमा टप पाँच प्रतिष्पर्धीमध्ये डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाई अनुपस्थित थिए । उनीहरुका लागि असोज १८ गते शुक्रबार पुन: अन्तरवार्ता बोलाइएको थियो । टप पाँच जनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तरवार्ता दिएका थिए । धितोपत्र बोर्ड २०८० पुस २० अध्यक्ष विहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । धितोपत्र बोर्डमा अध्यक्ष छान्ने … Continue reading धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ता सुरु हुनै सकेन, योजना आयोगका उपाध्यक्ष अनुपस्थित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed