धितोपत्र बोर्डमा अध्यक्ष छान्ने अन्तरवार्ता सुरु, चापागाँई नजाने
काठमाडौं । नेपाल धितोपत्र बोर्डको राेकिएकाे अध्यक्ष छान्ने प्रक्रिया पून सुरू भएकाे छ । बोर्डको अध्यक्ष छान्नका लागि असोज १८ गते अर्थात आज अन्तरवार्ता सुरु भएको हाे । अर्थ मन्त्रालयले आजका लागि डाकेको अन्तरवार्ता बिहान ८ बजेबाट मन्त्रालयमा सुरु भएको हो । ८ नबज्दै नेपाल स्टक एक्सचेञ्जका सीईओ तथा बोर्ड अध्यक्षका प्रतिष्पर्धी कृष्ण बहादुर कार्की अर्थमन्त्रालय पुगिसकेका छन् । बोर्डका कार्यकारी निर्देशक तथा अध्यक्षका प्रतिष्पर्धी डा. नबराज अधिकारी पनि मन्त्रालय पुगिसकेका छन् । बोर्ड अध्यक्ष बन्नका लागि टप पाँचमा छानिएकामध्ये डा. अधिकारी, कार्की र चिरञ्जीवी चापागाईँले यस अघिको अन्तरवार्ता बहिष्कार गरेका थिए । पाँच मध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले भने अन्तरवार्ता पहिलेनै दिएका थिए । तत्कालिन बीमा समिति(हाल बीमा प्राधिकरण)का अध्यक्ष तथा बोर्ड अध्यक्षका अर्का प्रतिष्पर्धी चिरञ्जीवी चापागााईँले भने आफु अन्तरवार्तामा नजाने बताएका छन् । आफु अनुकुल पात्रलाई बोर्ड अध्यक्ष बनाउन रातभर शक्ति केन्द्रहरु सक्रिय थिए । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि व्यवसायीक समुहहरुको कर्पाेरेट वारका कारण यसपाली बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया विवादित बन्दै आएको छ । अध्यक्ष नियुक्ती प्रक्रिया र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब कमिसनको खेल रहेको भन्दै अख्तियारमा उजुरी परेको छ । प्रधानमन्त्री केपी ओली स्वयंमले पाँच अर्ब कमिसनबारे सार्वजनिक अभिव्यक्ति दिएका छन् । अघिल्ला प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले त नयाँ … Continue reading धितोपत्र बोर्डमा अध्यक्ष छान्ने अन्तरवार्ता सुरु, चापागाँई नजाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed