‘धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ अर्ब मलाई कस्ले दिन्छ, किन दिन्छ?’ केपी ओली

काठमाडौं । सेयर मार्केटमा गइरहेको पहिरोको कुरा गर्नुहुन्छ । सेयर मार्केट फल्क्च्युएट भइरहन्छ । यस्ता परिस्थितिमा बाढी पहिरो गयो । यता अर्थतन्त्रमा ठूलो धक्का लाग्यो । सेयर मार्केट चाँही एकदम ब्लुमिङ भएर कसरी जान्छ र ? त्यो अलि स्वाभाविक नै हो जस्तो मलाई लाग्छ । यस्ता परिस्थिति विपदका बेला अप्ठ्याराको बेला सेयर मार्केट अलि डाउन हुनु स्वाभाविक नै जस्तो लाग्छ । फेरी माथि उठ्छ भन्ने मैले आशा राखेको छु । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती ५ अर्ब मैले भनेको हैन । ५ अर्बको कुरा एउटा पत्रिकाले छाप्यो जो त्यस बेलाका सरकारका प्रधानमन्त्री, अर्थमन्त्रीहरुको नजिकै वा उहाँहरुको पक्षको केही हो । त्यो मैले भनिरहनु परेन ।  सायद लेख्ने साथीहरु यतैतिर हुनुहुन्छ होला । ४,५ अर्ब खाने भो भनेर, ४,५ अर्ब खाने बाटो भयो भनेर । हाम्रो पार्टी त्यति बेला सरकारमा भएपनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ । यत्ति चाँही भनेको हो । मैले जहिले पनि भन्ने गर्छु । हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगरौँ । देशको अवस्था नाजुक छ । यस्मा कमिसन खाने, पैसा लिएर नियुक्ती, पैसा लिएर सरुवा, पैसा लिएर बढुवा जस्ता कुराहरु, कमिसन लिएर ठेक्का लिने वा काम दिने जस्ता कुराहरु र कमिसनका भरमा खेलवाड हुने कुराहरुलाई यस्तो चल्न हुदैँन । यो नगरौँ भनेर मैले भनेको थिए … Continue reading ‘धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ अर्ब मलाई कस्ले दिन्छ, किन दिन्छ?’ केपी ओली