धितोपत्र बोर्डमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल आमने–सामने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेल आमने–सामने भएका छन् । प्रधानमन्त्री केपी ओलीले अमेरिका उड्नु अघि अर्थमन्त्री विष्णु पौडेल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र मुख्य सल्लाहकार विष्णु रिमालसहितलाई राखेर धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती सम्बन्धी अहिलेको प्रक्रिया रद्ध गरि नयाँ प्रक्रिया आरम्भ गर्ने बाटो खोल्न भनेका थिए । ओलीले अहिलेको प्रक्रियामा पाँच अर्ब कमिसनको खेलको विषयमा अख्तियारमा उजुरी परेको, माओवादी अध्यक्ष प्रचण्ड र वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष बनाउने विषयमै कुरा नमिलेपछि आफ्नो सरकार ढालिएको जस्ता आरोप लगाएकाले अब नयाँ प्रक्रियामा जानुपर्ने निष्कर्षमा आफू पुगेको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले अहिलेको प्रक्रियाबारे अदालतको अन्तरिम आदेश रहेछ, त्यो प्रभावित नहुने गरि नयाँ प्रक्रियामा जाने उपाय तयार पार्नु होला, म फर्केपछि नयाँ सूचना निकाल्नुपर्छ ।’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै स्रोतले भन्यो । नयाँ प्रक्रियाको विकल्पमा जानुपर्छ भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि अर्थमन्त्री विष्णु पौडेल भने तनावमा देखिए । प्रधानमन्त्रीले विष्णु रिमाल र डा. युवराज खतिवडासँगै राखेर आफूलाई नयाँ प्रक्रियामा जान निर्देशन दिएपछि अर्थमन्त्रीले त्यसलाई हस्तक्षेपका रुपमा बुझेको स्रोत बताउँछ । ‘प्रधानमन्त्रीको त्यो निर्देशनलाई अर्थमन्त्रीले हस्तक्षेपका रुपमा बुझ्नु भएछ, उहाँले आफू निकटस्थहरुलाई अब बिद्रोह गर्छु भन्नु भएको रहेछ ।’, स्रोतले भन्यो । ओली अमेरिका उडेपछि आफू निकटस्थ केहि नेताहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले … Continue reading धितोपत्र बोर्डमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल आमने–सामने