प्रधानमन्त्री-अर्थमन्त्री विदेशमै हुँदा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, पाँच अर्बको भारी बोक्ने को ?

काठमाडौं । सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया अघि बढाएको छ । पुरानो समितिले नै अघि बढाएको प्रकृयालाई निरन्तरता दिनेगरी प्रकृया अघि बढेको हो । धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको पदावधि २०८० पुस २० गते सकिएपछि बोर्ड अध्यक्ष पद खाली छ । सरकारले बोर्ड अध्यक्ष नियुक्ति गर्न एक समति गठन गरेको छ । समितिमा तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, कृष्णहरी पुष्कर (मधुकुमार मरासिनी) र उदय निरौला थिए । यो समतिले ५ जनाको नाम सर्टलिष्टिङ गरेपछि सिङगो समिति नै चर्को विवादमा आएको थियो । आवेदन दिएका १९ जनामध्ये कमजोर उम्मेदवारलाई उत्कृष्ट पाँचभित्र समाहित गरेपछि समिति विवादमा आएको हो । उत्कृष्ट पाँच जना मध्ये कमजोर उम्मेदवार सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउने गरी तत्कालिन समितिले धेरै नम्बर चढाएपछि तीन जनाले अन्तर्वार्ता नै बहिस्कार गरेका थिए । सो समितिमा अहिले संयोजक शिवराज अधिकारी छन्, पदेन सदस्यको भुमिकामा अर्थ सचिव डा. रामप्रसाद घिमिरे छन् । विज्ञ सदस्यको रुपमा उदय निरौला छन् । समितिमा २ जना सदस्य परिवर्तन भएपनि पुरानै योजना अनुरुप प्रकृया अघि बढाएको हो । धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया यस्तो समयमा अघि बढाएको छ की देशका प्रमुख कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली सयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । भने अर्थमन्त्री विष्णुप्रसाद पौडेल मित्र राष्ट्र चीनको भ्रमणमा छन् । … Continue reading प्रधानमन्त्री-अर्थमन्त्री विदेशमै हुँदा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, पाँच अर्बको भारी बोक्ने को ?