जनकपुर रिफाइनरिजको पामोलिन ऐन विपरित बैंक ग्यारेन्टीमै किन छाडिदिए तत्कालिन भन्सार प्रमुख रेग्मीले

काठमाडौं । बिहिबार (भदौ २८ गते) भन्सार गोष्ठीमा आफ्नो कुरा राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकै सामाग्रीको भन्सार कार्यालय पिच्छे नै फरक दरबन्दी र फरक सुविधा दिने गरेको बताएका थिए । उनले भनेका छन्, ‘भन्सारमा अनेक थरीका विकृति छन्, जसमध्ये एकै सामानको भन्सार कार्यालय अनुसार फरक-फरक दरबन्दी लगाउने, आयातकर्ताले यो भन्सार कार्यालयबाट ल्याउँदा फाइदा हुन्छ भनि कार्यालय छान्ने प्रवृति छ ।’ मन्त्री पौडेलले भन्सारको गोष्ठीमा सो विषय बोलिरहँदा गोष्ठीमै सहभागी एक प्रमुख भन्सार अधिकृतले पनि सोहि प्रकृतिको कैफियत गरेको भेटिएको छ । तत्कालिन मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्सार ऐन २०६३ र भन्सार नियमावली २०६५ विपरित गएर जनकपुर रिफाइनरिजको पाम तेल जाँचपास गरेका हुन् । भन्सार विभागको प्रयोगशालामा प्रालीले ल्याएको तेल क्रुड (कच्चा) नभई रिफाइन (तयारी) भएको प्रमाणित भैसकेको छ । विभागको प्रयोगशालाबाट नै तयारी भनि प्रमाणित भैसकेको तेल क्रुड भन्सार शिर्षक १५१११००० बाट जाँचपास भएपछि भन्सार विभागले तत्कालिन मेची भन्सार कार्यालयलाई सचेत समेत गराएको छ । विभागले साउन २५ गते पत्र लेख्दै अदालतको आदेश र भन्सार विभागको परिक्षणलाई समेत ध्यान दिन भनेको हो । पत्रमा भनिएको छ, ‘जनकपुर रिफाइनरिज प्रा.लि.ले मिति २०८१/०४/२३ मा श्रीमान् महानिर्देशकलाई सम्बोधन गरी अदालतको अन्तरिम आदेश बमोजिम सामान जाँचपास गरिदिने सम्बन्धी पत्र र संलग्न कागजातहरु यसैसाथ संलग्न छ । सम्मानित उच्च अदालत, पाटनको मिति २०८१/३/२८ … Continue reading जनकपुर रिफाइनरिजको पामोलिन ऐन विपरित बैंक ग्यारेन्टीमै किन छाडिदिए तत्कालिन भन्सार प्रमुख रेग्मीले