उद्योगमन्त्री भण्डारी र चण्डिका भट्टको सुपारी, पोस्ता र इथानोलको सेटिङमा साथ नदिएपछि वाणिज्य सचिव बुर्लाकोटीको सरुवा

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको नीतिगत विचलनमा साथ नदिएपछि वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीको सरुवा भएको छ । उद्योगमन्त्री दामोदर भण्डारी र नेपाल आयाल निगमका कार्यकारी अधिकृत चण्डिका भट्ट मिलेर सचिव बुर्लाकोटीको सरुवा गरेका हुन् । सचिव बुर्लाकोटीको स्थानमा भर्खरै मात्रै सचिवमा बढुवा भएका गोविन्द बहादुर कार्की आएका छन् । डेढ महिनाअघि मात्रै मन्त्रालय आएका सचिव बुर्लाकोटीले मन्त्रालयभित्र कुनै पनि नीतिगत विचलनमा आफूले साथ नदिने बताउँदै आएका थिए । मन्त्रालय स्रोतका अनुसार मन्त्री भण्डारीले पेट्रोलमा इथानोल मिसावट गर्ने, पोस्ता दाना, सुपारी, मरिच र केराउको आयात सिमित कम्पनीलाई दिनेगरी खुलाउने योजना बनाएका छन् । मन्त्रीको सो महत्वकाँक्षी योजनामा सचिवले साथ नदिने देखिएपछि सचिव बुर्लाकोटिको सरुवा गरिएको हो । के हो पेट्रोलमा इथानोल मिसावट गर्ने योजना ? आयाल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट नियुक्त हुने बेलामा नै विभिन्न योजना पास गराउने शर्तमा  उनी त्यहाँ गएका हुन् । नेपाली काँग्रेस निकटका रामचन्द्र भट्टलाई समाएर निगम पुगेका भट्टको विभिन्न शर्तमध्ये पेट्रोलमा इथानोल मिसाउने योजना पनि एक हो । पेट्रोलमा इथानोल मिसाउने नयाँ योजना भने होइन यो पुरानो योजना हो । यो योजनामा हालसम्म कुनैपनि कार्यकारी निर्देशकले हिम्मत गर्न सकेका छैनन् । तर चण्डिका भट्टले भने सो प्रोजेक्ट पास गर्न नसके पद नै जाने जोखिम बढेपछि उनले सो योजनालाई जोडतोडका साथ अघि बढाएका छन् … Continue reading उद्योगमन्त्री भण्डारी र चण्डिका भट्टको सुपारी, पोस्ता र इथानोलको सेटिङमा साथ नदिएपछि वाणिज्य सचिव बुर्लाकोटीको सरुवा