Shikhar Insurance
National Life

प्रस्तावित राजदुत श्रेष्ठ भन्छन्-‘दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको समस्या समाधान गर्न सहयोग गर्छु’

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत प्राडा कपिलमान श्रेष्ठले त्यहाँ अवस्थित नेपालीहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताएका छन् ।

बुधबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत श्रेष्ठले दक्षिण अफ्रिकामा बसोबास गर्ने ३ हजार ५ सय नेपालीहरुलाई नेपालसँग सम्बन्ध गाँस्न र आइपरेका समस्या समाधान गर्न भूमिका खेल्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राजदुतावासको क्षमता विकास गर्ने पनि बताउँदै दक्षिण अफ्रिकामा नेपालको बारेमा प्रचार–प्रसार गर्दै नेपालसँगको सम्बन्ध फाइदाजनक हुने कुरामा विश्वास दिलाउन लागि पर्ने बताए । लगानी भित्र्याउनका लागि निजी क्षेत्रहरुका बीचमा सम्बन्ध स्थापित गराउने र छलफल चलाउने पनि उनको भनाई छ ।

श्रेष्ठले दुई देशका बिचमा क्रिकेट खेलको क्षेत्रमा सम्बन्ध स्थापित गराउने पनि बताए । उनले राजदुत पद परिवर्तनको वाहकको रुपमा रहेको भन्दै सोही रुपमा पदीय मर्यादा कायम राख्ने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्