धितोपत्र बोर्डमा पूर्णकालिन नेतृत्वको विकल्प खोजिँदै, नयाँ स्टकको बाटो पनि खोल्ने तयारी

काठमाडौं । सरकारले पुँजी बजारको सर्वोच्च नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पूर्णकालिन नेतृत्व पठाउने विकल्पहरुको खोजी थालेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पछिल्ला केहि हप्तादेखि धितोपत्र बोर्डमा चाँडै नयाँ नेतृत्व नियुक्त गर्ने सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् । बोर्डमा जारी अध्यक्ष नियुक्ती प्रक्रियामा बहुमत प्रतिष्पर्धीहरुले अन्तरवार्ता बहिष्कार गरेको र एक जना प्रतिष्पर्धीले सर्वोच्च अदालतमा मुद्धा हालेको अवस्था छ । बोर्डमा अध्यक्ष नियुक्तीका लागि २०८० फागुन १६ गते आरम्भ भएको प्रक्रिया २०८१ असार १४ गते स्थगित भएको थियो । जारी प्रक्रिया स्थगित गरेर नयाँ प्रक्रिया आरम्भ गर्ने तयारी भएपछि अन्तिम पाँच प्रतिष्पर्धीका रुपमा अन्तरवार्तामा रहेका सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्धा हालेका छन् र नयाँ प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी भएको छ । अदालतले नयाँ प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको र अर्को पेशी माघ महिनाका लागि तोकिसकिएको छ । बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न नसक्दा आलोचना बढ्न थालेपछि अर्थमन्त्री बिष्णु पौडेलले पुरानै प्रक्रियाबाट अध्यक्ष चयनका विकल्पहरुको खोजी सुरु गरेका छन् । पुरानो प्रक्रियामा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की र बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईँले अन्तरावार्ता बहिष्कार गरेका थिए । बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले भने अन्तरवार्ता दिएका थिए । धितोपत्र सम्बन्धि ऐनमै कम्तिमा तीन जनाको नाम सिफारिस … Continue reading धितोपत्र बोर्डमा पूर्णकालिन नेतृत्वको विकल्प खोजिँदै, नयाँ स्टकको बाटो पनि खोल्ने तयारी