अर्थमन्त्रालयका दुबै सचिव गम्भिर नैतिक संकटमा, धनीराम र शिवलाल पनि मुछिए
काठमाडौं । अर्थ मन्त्रालयका २ सचिवसहित कर्मचारीहरु नैतिक संकटमा परेका छन् । मन्त्री अनुसार करको फरक फरक दर निर्धारणमा मनपरी निर्णय गर्न सघाएपछि कर्मचारीहरु नैतिक दबाबमा परेका हुन् । निर्वतमान अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरेको आर्थिक विधेयकमा राष्ट्रिय सभाबाट असार ३१ गते संशोधन प्रस्ताव पारित भयो । संभवत नेपालको इतिहासमै पहिलो पटक आर्थिक विधेयक संशोधन भएको हो । तत्कालिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रभावशाली सासंदहरुले आर्थिक विधेयकमाथि प्रतिनिधि सभामा नै संशोधन प्रस्ताव राखेका थिए । तर तत्कालिन मन्त्री पुनले बहुमतको आडमा पेलेर पास गरी राष्ट्रिय सभामा पठाउन सफल भए । अर्थमन्त्री पुनले आयकर ऐन २०५८ को दफा ५७ को उपदफा १ मा बदनियत पुर्वक करको दफा चलाएको भन्दै नेपाली काँग्रेसका सासंदहरुले संशोधनको प्रस्ताव राखेका थिए । राष्ट्रिय सभामा पनि नेपाली काँग्रेसले संशोधन प्रस्ताव राखेपछि तत्कालिन अर्थमन्त्री मन्त्री पुन दबाबमा आएका थिए । राष्ट्रिय सभाबाट आर्थिक विधेयक जस्ताको तस्तै पास गर्न पुर्वमन्त्री पुनले चर्को लबिङ गरेका थिए । अन्तिम समायमा उनले राष्ट्रिय सभाको बैठकमा अनुपस्थित भएर संवैधानिक जटिलता समेत निम्त्याउने प्रयास गरेका थिए । तर असार ३१ गते नयाँ सरकार गठन भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल आफैंले संशोधन प्रस्ताव राखेपछि राज्यले खर्बौ राजस्व गुम्ने बाटो बन्द भएको छ । सोमबार नियुक्त भएका नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक ऐनमै संशोधन प्रस्ताव … Continue reading अर्थमन्त्रालयका दुबै सचिव गम्भिर नैतिक संकटमा, धनीराम र शिवलाल पनि मुछिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed