जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन तयारी तेलमै वर्गिकरण हुने, पाम तेल आयात गर्ने सबै उद्योग प्रभावित

काठमाडौं । जनकपुर रिफाइनरीज प्रालीले ल्याएको पामोलिन तयारी तेलमै वर्गिकरण हुने भएको छ । विराटनगर भन्सार कार्यालयले प्रालीले ल्याएको तेल क्रुड (कच्चा) नभई तयारीमै वर्गिकरण गर्न लागिएको हो । प्रालीले ल्याएको पाम तेल भन्सार कार्यालयमा क्रुड (क्रुड) भएको व्यवसायीले घोषणा गरेका थियो । क्रुड घोषणा गरिएको सो तेल भन्सार कार्यालयले शंका मानी भन्सार विभागको प्रयोगशालामा पठाएको थियो । भन्सार विभागको प्रयोगशालाबाट तयारी तेल भएको रिपोर्ट आएपछि कार्यालयले तयारी तेल अर्थात भन्सार शिर्षक नम्बर १५११९०.२० मा वर्गिकरण गर्यो । सो विषय चित्त नबुझेपछि प्राली उच्च अदालत पाटन गएको छ । पाटन अदालतले भने प्रयोग शालाको रिपोर्टलाई अर्ध न्यायिक प्रकृतिको निर्णय मान्न सकिने उल्लेख गरेको छ । उच्च अदालत पाटनले जनकपुर रिफाइनरीजको तेललाई सात दिन भित्र बिना शर्त धरौटी लिएर भन्सार जाँचपास गर्न भनेको थियो । सोहि अनुसार थप ५ प्रतिशत धरौटी अर्थात ९४ लाख रुपैयाँ लिएर सामान जाँचपास भइ सकेको छ । असार १३ गते भन्सार विभागको नाममा पत्र लेख्दै उच्च अदालत पाटनले १ महिना भित्र कानून अनुसार वर्गिकरण गर्न भनिसकेको छ । जस अनुसार अब साउन १३ गते अगावै सब तेल कुन शिर्षक अन्तर्गत पास गर्ने निर्णय गरिसक्नु पर्नेछ । अदालतकव आदेश अनुसार विराटनगर भन्सार कार्यालयले वर्गिकरणको प्रकृया अघि बढाएको छ । कार्यालय प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘अदालतको आदेश अनुसार … Continue reading जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन तयारी तेलमै वर्गिकरण हुने, पाम तेल आयात गर्ने सबै उद्योग प्रभावित