पामोलिन आयातमा अर्बौ भन्सार महशुल छलि, जनकपुर रिफाइनरीजबाट सुरु भएको परिक्षण सबै कम्पनीमा पुग्यो
काठमाडौं । नेपालमा ल्याएर भारत निर्यात गर्ने पामोलिन (पाम) तेलमा अर्बौ राजस्व छलि भएको तथ्य फेला परेको छ । व्यापारीहरुले क्रुड भन्दै तयारी तेल आयात गरेर भारत निर्यात गर्ने गरेको रहस्य खुलेको हो । जनकपुर रिफाइनरीज प्रालीबाट सुरु भएको भन्सार छलि अहिले सबै कम्पनीमा पुगेको हो । विभाग स्रोतका अनुसार विराटनगर भन्सार कार्यालयले सुरु गरेको परिक्षण अहिले पामोलिन आयात हुने सबै भन्सार कार्यालयहरुमा पुगेको छ । भन्सार विभागले नेपालमा आयात हुने पामोलिन चेकजाँच गरी मात्रै जाँचपास गर्न भनेपछि सबै कार्यालयहरुले धमाधम नमुना परिक्षणका लागि भन्सार विभागको प्रयोगशालामा पठाएका छन् । प्रयोगशालाबाट धमाधम कच्चा तेल नभएर तयारी तेल भएको रहस्य खुलेपछि केहि समय भन्सार जाँचपास नै प्रभावित भएको थियो । तयारी तेल नै आयात भएको खुलेपछि व्यवसायीहरुले धमाधम ५ प्रतिशत धरौटी राख्दै तेल छुटाउन थालेका छन् । विभाग स्रोतले भन्यो, ‘पामोलिन आयातमा ठूलो भन्सार छलि भएको तथ्य हामीले फेला पारेका छौं, जसबाट अर्बौ राजस्व छलि भएको छ, तर हामीले भन्सार महसुल उठाउने क्रममा उच्च अदालत पाटनले हाम्रो प्रयोगशालाको रिपोर्टलाई बदर गरिदिएर भन्सार शिर्षक नै परिवर्तन गर्न परमादेश आएको छ, अदालतको आदेश मान्नै पर्ने बाध्यता छ ।’ उच्च अदालत पाटनले जनकपुर रिफाइनरीजलाई दिएको परमादेशले कानूनी जटिलता निम्त्याएको छ । अदालतले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर आदेश दिएको भन्सार विभागको बुझाई छ । … Continue reading पामोलिन आयातमा अर्बौ भन्सार महशुल छलि, जनकपुर रिफाइनरीजबाट सुरु भएको परिक्षण सबै कम्पनीमा पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed