इभीमा एक खर्ब राजश्व ‘सर्ट फल’–त्यसमाथि १५ अर्ब कर छलिको सूचनाले आक्रामक बन्यो राजश्व प्रशासन

काठमाडौं । भन्सार विभागका पूर्व महानिर्देशक शोभाकान्त पौडेलले भन्सार महशुल कम हुन थालेपछि एक आन्तरिक अध्ययन गरे । जसमा विद्युतिय सवारी साधन(इभी) आयातबाट सरकारले वार्षिक एक खर्ब रुपैयाँ राजश्व गुमाईरहेको तथ्य उजागर भयो । हाल आयात भैइरहेका इभी गाडीका तुलनामा पेट्रोलियम इन्धनका सवारी साधन आयात भएको हुन्थ्यो भने एक खर्ब राजश्व बढी संकलन हुन्थ्यो । पौडेलको अग्रसरतामा तयार भएको त्यो रिपोर्ट अहिले अर्थमन्त्रालयमा छ र त्यसकै ‘बेसलाइन’मा अर्थमन्त्री बर्षमान पुनले इभी गाडीहरुको भन्सार र अन्य करका दरहरुमा पुनरावलोकन गराए । यसैबिचमा, इभी गाडीहरुमा ठूलो मात्रामा कर छली भैइरहेका सूचना सञ्चार माध्यमहरुमा छ्यापछ्याप्ती प्रकाशित भए । इभीमा कर छलिएको खबर आगाे सरि फैलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखायो । अख्तियारले भन्सार विभागलाई पत्र लेखेरै ‘विभागले हेर्ने हो की हामी अघि बढौं ?’ भन्यो । अख्तियारसँगै महालेखा परिक्षकको कार्यालयले इभीको कर छलीमा चासो बढाउन थाल्यो । चौतर्फी दबाब बढेपछि भन्सार विभागले आन्तरिक अध्ययन अघि बढाएको थियो । विभागले केहि कम्पनीहरुको आयात विवरण सुक्ष्म ढंगले हेर्यो । अटोमोबाइल क्षेत्रका केहि प्राबिधिकहरुसँग गहन छलफल गर्यो । प्रारम्भिक अध्ययनहरुबाट इभी गाडीका आयातकर्ताहरुले व्यापक मात्रामा कर छलेको प्रमाणहरु जुटाएर भन्सार विभागले मातहतका सबै कार्यालयहरुले जेठ ४ गते अति गोप्य परिपत्र लेख्यो । जसमा यस अघि आयात गरिएका इभीहरुले कति कर छलेका हुन्, त्यसको अध्ययन गरि … Continue reading इभीमा एक खर्ब राजश्व ‘सर्ट फल’–त्यसमाथि १५ अर्ब कर छलिको सूचनाले आक्रामक बन्यो राजश्व प्रशासन