ओमोडा ई-५ मा यसरी भएको छ भन्सार छलि, किलोवाट मात्रै फरक सबै विशेषता उही

काठमाडौं । चिनियाँ विद्युतिय गाडी उत्पादक ‘चेरी’ले उत्पादन गरी शारदा ग्रुपले नेपाल भित्र्याएको विद्युतिय गाडीमा किलोवाट कम देखाइएको भेटिएको छ । शारदा ग्रुपले आयात गरेको ओमोडा ई-५ मोडेलको गाडीमा किलोवाट छलि भएको भेटिएको हो । ओमोडा ई-५ उत्पादन गर्ने कम्पनीको वेबसाइटमा ओमोडा ई-५ को किलोवाट १५० किलोवाट लेखेको छ । कम्पनीले सो भन्दा कम किलोवाटको सो मोडेलको गाडी उत्पादन गरेको छैन । स्रोतका अनुसार इभी गाडीमा भन्सार छलि भएको समाचार बाहिरिएपछि नेपाली कम्पनीहरुले धमाधम विदेशी कम्पनीहरुको वेबसाइटमा  ९९ किलोवाट लेख्न लगाएका छन् । यसकारण वेवसाइटमा ९९ लेखिएको भेटीन थालेको छ । वेबसाइटमा ९९ किलोवाट लेखेको भेटिएपनि गाडीको छुट्टै मोडल भने देख्न सकिदैन ।  स्रोतका अनुसार कम्पनीले अनौपचारिक रुपमा १ सय ५० किलोवाटकै गाडी भएको र भन्सार महसुल छलि गरी ल्याएकोले गाडी सस्तोमा बिक्री गर्न सकिएको बताउने गरेका छन् । एक व्यवसायीले भने,’ओमोडा ई-५ मोडलको गाडी १ सय ५० किलोवाटकै भएको उहाँहरुले नै स्वीकार गर्नुभएको छ, गाडीको मोडल र पर्फमेसन हेर्दा ९९ किलोवाटको हुनै सक्दैन ।’ १५ प्रतिशत भन्सार छलि गर्न कम्पनीले झुटो कागजात निर्माण गरेको हो । सरकारसँग किलोवाट नाप्ने भरपर्दो उपकरण नभएको भन्दै व्यापारीहरुले सोको धामधम लाभ उठाइरहेका छन् । सवारी परिक्षण कार्यालय टेकुमा अहिले चेसिस डाइनामो मिटर रहको छ । सो मेसिनले चक्कामा उत्पन्न हुने पिक पावर मात्रै … Continue reading ओमोडा ई-५ मा यसरी भएको छ भन्सार छलि, किलोवाट मात्रै फरक सबै विशेषता उही