‘धितोपत्र बोर्ड अध्यक्ष बनाउन केपी ओलीले ५ अर्ब खान ठिक परेर बसेको हल्ला चलेको छ’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ अर्ब आफूले खान लागेको हल्ला चलेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रबार धितोपत्र बोर्ड अध्यक्ष बन्न ५ अर्ब भ्रष्टाचार हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएपछि सो प्रतिक्रिया दिएका हुन् । एमाले संसदिय दलको बैठकमा बोल्दै ओलीले ५ अर्ब खान ठिक्क परेर बसेको समाचार बाहिरिएको बताएका हुन् । ओलीले भने, ‘आज बिहान मात्रै मैले एउटा मिडियामा देखेको थिए । केपि ओलीले ५ अर्ब खाइसक्यो निलिसक्यो । मुखमा हालेको छकि, हालिसक्यो कि, मुखमा हाल्न ठिक्क पारेको छ , ४ अर्ब की ५ अर्ब जति चाहि कपी ओलीले खाने भो । भनेर आइरहेका छन् ।’ हल्ला फैलाउने काम विरोधीहरुको भएको अध्यक्ष ओलीले बताए । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा लामो समयदेखी केर्पोरेट हाउसदेखी राजनितिक नेतृत्व प्रतिस्पर्धामा छन् । अध्यक्ष ओलीले बोर्ड अध्यक्षमा आफूले भनेको मान्छे हुनुपर्ने, यदी नभएर बजेट फेल गरिदिने चेतावनी प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई दिएको स्रोतले बताएको छ । ओलीले बजेट अघि नै आफूले भनेको मान्छे अध्यक्ष नभए बजेट नै फेल गरिदिने चेतावनी दिएपछि अर्थमन्त्री पुनले बाध्य भएर शुक्रबार बोर्ड अध्यक्षको प्रतिस्पर्धीहरुको अन्तर्वार्ताका लागि सुचना जारी गरेको छ । स्रोतका अनुसार आइतबार ५ जना प्रतिस्पर्धीको अन्तर्वार्ता हुने र सोमबारकै मन्त्रिपरिषद बैठकले अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त … Continue reading ‘धितोपत्र बोर्ड अध्यक्ष बनाउन केपी ओलीले ५ अर्ब खान ठिक परेर बसेको हल्ला चलेको छ’ : केपी ओली