स्पन्ज आइरनमा कर बढेपछि जनार्दन आक्रोशित, पुनलाई भने ‘तपाई गुटको मन्त्री हो ?’
काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्माले वर्षमान पुनले ल्याएको बजेटको विरोध गरेका छन् । शुक्रबार संसदमा बोल्दै पुर्वमन्त्री शर्माले बजेटको कडा शब्दमा आलोचना गरेका हुन् । पार्टीभित्रका यी दुई पात्रको दुश्मनी निकै लामो समयदेखि चलिरहेको छ । काँग्रेससँगको गठबन्धन भत्काउन पुनले भुमिका खेलेपछि शर्मा पुनसँग चिढिएका छन् । अर्थमन्त्री बनेयता सार्वजनिक मञ्चमा पुनले करको दर र दफा बिक्री गरेको आरोप शर्मामाथी लगाएका थिए । पुन अर्थमन्त्री बनेपछि सबैभन्दा धेरै समय शर्मालाई गाली गर्न खर्चिएका छन् । अर्थमन्त्री पुनले जनार्दन शर्माले ल्याएको कर नीति परिवर्तन गरिदिएपछि शर्मा थप चिढिएका हुन् । शर्माले ब्लेडमा आधारित उद्योगलाई बन्द हुनेगरी कर नीति लीएका थिए । यस्तै, अहिले पुनले मेल्टिङमा आधारित उद्योगलाई बन्द गर्ने गरी कर नीति लिएका छन् । संसदमा नेता शर्माले प्रधानमन्त्रीले भने जसरी बजेट नबनेको आरोप लगाए । पुर्व मन्त्री शर्माले अर्थमन्त्रीलाई संकेत गर्दै मन्त्री गुटको मात्रै भएको आरोप लगाए । उनले प्रश्न गरे, ‘के मन्त्रीहरु गुटका मात्रै मन्त्री हुन्?, मन्त्रीहरु देशको हुन सकेनन, मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बजेट बन्यो, म मन्त्री बन्दा र अरु मन्त्री बन्दा कुन ठाउँमा कति बजेट गयो हिसाब किताब गरे हुन्छ ।’ नेकपा (माओवादी) केन्द्रका उपमहासचिव समेत जनार्दन शर्माले संघीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजनाहरु संसदमा प्रस्तुत गरेको बताए । उनले भने, ‘बजेट विनियोजन … Continue reading स्पन्ज आइरनमा कर बढेपछि जनार्दन आक्रोशित, पुनलाई भने ‘तपाई गुटको मन्त्री हो ?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed