करका दफामा ‘मन्त्रीलाई व्यापार सिकाउने सचिवहरु’- एक हातले सर्वस्व सुम्पिने, अर्काे हातले खोस्ने

काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योग संरक्षण गर्ने भन्दै फलाममा आधारित उद्योग सम्बन्धि करको दरमा व्यापक हेरफेर गरे । यसबाट मेल्टिङ युनिट नभएका ब्लेड ल्याएर डन्डी उद्योगहरु बन्द नै गर्नुपर्ने अवस्थामा पुगे । ब्लेडमा आधारित उद्योगहरु रोइकराई गर्दै अर्थ मन्त्रालय, प्रधानमन्त्री मिडीया पत्रकार सबैमा पुगे तर उनीहरुको माग सुनुवाई भएन । जनार्दन शर्माको निजी स्वार्थले ब्लेडमा आधारित उद्योगहरुले एक वर्षसम्म काम नै नगरी बस्न बाध्य भए । सरकारले २ वर्षसम्म नीति परिवर्तन नगर्ने देखेपछि बाध्य भएर धेरै कम्पनीहरुले धमाधम मेल्टिङ प्लान्ट लगाउन थाले । २ वर्षअघि परिवर्तन भएको कर दर परिवर्तनबाट उद्योगीले करिब ३६ अर्ब लगानी थप गरिसकेका थिए । केहि उद्योगको उत्पादन समेत सुरु हुन सकेको थिएन । अहिलेका अर्थमन्त्री वर्षमान पुनले मेल्टिङमा आधारित उद्योगलाई बन्द गर्नेगरी करको दरमा परिवर्तन गरिदिए । यसको सोझो अर्थ छ करको दफाको व्यापार ! यी दफामा व्यापार सिकाउने सचिवहरु हुन्, मधुकुमार मरासीनी र डा. राप्रसाद घिमिरे । उनीहरु घटनाका प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय अर्थ मन्त्रालयमा सचिव सम्हाल्ने सबै सचिवहरुले मन्त्रीहरुलाई करको दफामा व्यापार सिकाइरहेका छन् । पुर्वमन्त्री जनार्दन शर्मा अर्थमन्त्री रहँदा पनि अर्थ सचिवका रुपमा मरासिनी नै कार्यरत थिए । अहिले पनि उनी नै अर्थ सचिव छन् । फलाममा आधारित उद्योगमा मन्त्रालयले लिएको कर नीतिमा उनी जवाफ ‍विहिन छन् … Continue reading करका दफामा ‘मन्त्रीलाई व्यापार सिकाउने सचिवहरु’- एक हातले सर्वस्व सुम्पिने, अर्काे हातले खोस्ने