विद्युतिय गाडीको मोटर वाटमा भन्सार छलि: जाँचपास भैसकेका हजारौं इभीबाट थप महसुल असुल्न परिपत्र

काठमाडौं । भन्सार विभागले विद्युतिय सवारी साधनहरुको आयातमा किलोवाट मार्फत भन्सार छलि भएको निष्कर्ष निकालेको छ । सय किलोवाट भन्दा माथीका इभी गाडीहरु ९९ किलोवाट लेखाएर भन्सार जाँचपास भैरहेका थिए । सो सम्बन्धमा सिंहदरबार डटकमले निरन्तर समाचार प्रकाशन गरेपछि भन्सार विभागले प्रारम्भिक अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनबाट इभीहरुको भन्सार जाँचपासमा किलोवाट छलि मार्फत अर्बौं राजस्व चुहावट भएको निष्कर्ष निकाल्दै विभागले थप महसुल असुल गर्न र भविष्यमा जाँचपास गर्दा उच्च सर्तकता साथ जाँचपास गर्न मातहत सबै कार्यालयहरुलाई पत्राचार गरेको हो । बढी किलोवाटको गाडी कम किलोवाट देखाउदै भित्र्याउन थालेपछि विभागले सबै कार्यालयहरुलाई नयाँ सर्कुलर जारी गरेको हो । विभागको सर्कुलरमा विद्युतिय गाडी जाँचपास गर्दा मोटरको पिक पावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेबसाइटमा उल्लिखित मोटरको क्षमता/पिक पावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गरी यकिन भई कारोबार मूल्य कायम गरी जाँचपास गर्न भनिएको छ । इभि गाडिमा किलोवाट छलीबाट ५ अर्ब राजस्व चुहावट भएको छ : राजस्व सचिव घिमिरे विभागले जेठ ४ गते भन्सार जाँचपास परिक्षण कार्यालय, तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक, रसुवा भन्सार कार्यालय रसुवा लगायत सम्पुर्ण भन्सार कार्यालयलाई पत्राचार गरेको हो । पत्रमा इभी गाडीको जाँचपासमा पुर्ण रुपमा कानुनी प्रकृया पुरा गरेर मात्रै जाँचपास गर्न भनिएको छ । भन्सार जाँचपास परिक्षण कार्यालयको चलानी नम्बर ३३७ मिती २०८१ बैशाख ५ गते, … Continue reading विद्युतिय गाडीको मोटर वाटमा भन्सार छलि: जाँचपास भैसकेका हजारौं इभीबाट थप महसुल असुल्न परिपत्र