भन्सार छलि गर्न खोज्दा फस्यो जनकपुर रिफाइनरी, क्रुड भनेर तयारी तेल आयात
काठमाडौं । भन्सार छलि गर्न खोज्दा जनकपुर रिफाइनरी प्राली फसेको छ । विराटनगर भन्सार कार्यालयबाट फरक भन्सार घोषणा गर्न खोज्दा फसेको हो । जनकपुर रिफाइनरीले क्रुड पाम तेल भन्दै भन्सार घोषणा गरेको थियो । विराटनगर भन्सार कार्यालयले शंका लागेपछि तेल जाँच गर्न भन्सार विभाग नमुना पठायो । विभागको ल्याबबाट क्रुड भनिएको पाम तेल जाँच गर्दा तयारी तेल भएको प्रमाणित भयो । क्रुड पाम तेलका लागि आयातमा १० प्रतिशत भन्सार तिर्दा पुग्छ भने तयारी तेलका लागि १५ प्रतिशत भन्सार महसुल तोकिएको छ । क्रुड भनि घोषणा गरेको तेल शंका लागेपछि चेकजाँच गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले बताए । ढकालले सिंहदरबारसँग भने, ‘जनकपुर रिफाइनरीले क्रुड भनि घोषणा गरेको पाम तेल शंका लागेपछि चेकजाँचका लागि भन्सार विभाग पठाएका थियौं, विभागको ल्याबबाट पनि तयारी तेल भएको प्रमाणित भैसकेको छ, अब उसले १५ प्रतिशत भन्सार तिरेर मात्रै भन्सार जाँचपास गर्न सक्छ ।’ प्रालीले १२ सय ९९ मेट्रिक टन तेल आयात गरेको छ । जकपुर रिफाइनरीका संचालकहरु भने विभागको निर्णयमा चित्त नबुझेर उच्च अदालत पाटन पुगेका छन् । पाटन उच्च अदालतले नियमित १० प्रतिशत भन्सार र ५ प्रतिशत धरौटी राखी जाँचपास गर्न भन्सार विभागको नाममा आदेश दिएको छ । तर हालसम्म धरौटी रकम राख्न रिफाइनरीका संचालक तयार भएका छैनन् । उल्टै विभाग विरुद्ध सर्वोच्च … Continue reading भन्सार छलि गर्न खोज्दा फस्यो जनकपुर रिफाइनरी, क्रुड भनेर तयारी तेल आयात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed