कर विवादमा सुर्य नेपाल-कच्चा भन्दै तयारी सुर्ति आयात, वीरगञ्ज भन्सारले परिमाण नै लुकायो
काठमाडौं । प्रत्येक वर्ष धेरै कर तिरेको भन्दै पुरस्कृत हुने देशको सबैभन्दा ठूलो चुरोट उद्योग सुर्य नेपाल प्राली कर विवादमा फसेको छ । सुर्य नेपालले कच्चा पदार्थ भन्दै तयारी सुर्ति आयात गर्ने गरेको भेटिएको हो । प्रालीले भारतबाट सुर्ति आयात गर्ने गरेको छ । सो सुर्ति ६ महिनादेखी १ वर्ष लगाएर कट टोबाकोको रुपमा नेपालमा आयात गर्ने गर्छ । यसरी आयात गरेको सुर्ति भन्सार बिन्दुमा कच्चा (र) सुर्ति भन्दै घोषणा गर्ने गरेको छ । तर सो सुर्ति कच्चा सुर्ति नभई तयारी सुर्ति भएको महालेखा परिक्षक कार्यालयको भनाई छ । महालेखा कार्यालयले उठाएको कर छलिको विषयमा अध्ययन भैरहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी दिए । पन्थीले सिंहदरबारसँग भने, ‘विभिन्न प्रकारका सुर्ति आयात हुने गरेको छ, यसरी आयातकर्ताले भन्सार घोषणा गर्दा फरक गर्दिदा मिसम्याच हुने गरेको छ, भन्सार अधिकृतलाई पनि छुट्याउन असहज हुने गरेको छ । यस विषयमा स्पष्ट गर्न महालेखामा पत्राचार गरिसकेका छौं, यद्यपी उद्योगबाट नमुना संकलन गरी भन्सार विभाग समेत पठाइसकेको छौं।’ विभागले तयारी सुर्ति भनि वर्गिकरण गरे थप राजस्व असुली गर्न प्रमुख पन्थीको भनाई छ । महालेखालाई पठाएको पत्रमा साइज मात्रै मिलाएर प्रोसेसिङका लागि ल्याएको वस्तु कच्चा नै भएको भनिएको छ । सुर्य नेपाल प्रालीमा भारतको आइटीसी लिमिटेडको ५९ प्रतिशत शेयर हिस्सा छ । सोही कम्पनीले भारतमा … Continue reading कर विवादमा सुर्य नेपाल-कच्चा भन्दै तयारी सुर्ति आयात, वीरगञ्ज भन्सारले परिमाण नै लुकायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed