ओलीलाई अर्थमन्त्रीको ओठे जवाफ-‘बजेट माओवादीतिर हैन जनतातिर ढल्केको छ’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् । बुधवार संसदभवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेका थिए । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए । उनले नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी मन्त्री पुनको छ । उनले हरेक तीन वर्षमा कर्मचारीहरुको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताए । उनले मजदुरहरुको तलव निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको बताए । उनले भने,‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा (माओवादी केन्द्र),निजी क्षेत्र र सरकारतिर बढी ढल्लकेको भन्ने टिप्पणी छन् । यथार्थ होइन । मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरुमा आत्मविश्वास … Continue reading ओलीलाई अर्थमन्त्रीको ओठे जवाफ-‘बजेट माओवादीतिर हैन जनतातिर ढल्केको छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed