वर्षमानको ‘हठ’ले गठबन्धन धरापमा, अर्थमन्त्रीको विकल्प खोज्दै केपी ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धनका सुत्राधार हुन् अर्थमन्त्री वर्षमान पुन । उनकै जोडबलमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः एक पटक सत्ता सहकार्य गर्ने निधो गरेका थिए । तर अहिले तिनै पुन अर्थात अर्थमन्त्रीका कारण सत्ता गठबन्धन धरापमा पर्दै गएको छ । सत्ता गठबन्धन धरापमा परेको गतिलो प्रमाण भने एमाले अध्यक्ष केपी ओलीले शनिबार उजागर गरिदिए । बजेटमाथि ओलीले गरेको टिप्पणीबाटै प्रष्ट हुँदै गएको छ की सत्ता गठबन्धन भित्र ठूलै पराकम्पन उत्पन्न भएको छ र त्यसको केन्द्रमा बजेट र अर्थमन्त्री पुन देखिन्छन् । ओलीले शनिबार बजेटमाथि टिप्पणी गर्दै त्यसमा गम्भिर त्रुटि भएको भनिदिए । ओली त्यतिमा मात्रै रोकिएनन्, बजेटका नकारात्मक पक्षबारे खुलेर आलोचना गर्न आफ्ना सांसदहरुलाई निर्देशन नै दिए । ओलीले आफ्ना सांसदहरुलाई बजेटबारे आफ्नो सार्वजनिक धारणा राख्दै भनेका छन्– ‘बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुबीच परामर्श गरेर, छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो की अर्थमन्त्री भएको पार्टीको बजेट हो की जस्ता देखिन गएको छ । र रकमको बाडफाँट पनि त्यस्तै किसिमको अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ । बजेटको निर्माण प्रक्रियामै कमि रह्यो, त्यो कमि नगर्नु पर्थ्यो । त्यो कमि नरहनु पर्थ्यो, त्यो नजान्दा यसमा(बजेटमा) गम्भिर त्रुटि रहन गयो ।’ सत्ताको प्रमुख … Continue reading वर्षमानको ‘हठ’ले गठबन्धन धरापमा, अर्थमन्त्रीको विकल्प खोज्दै केपी ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed