बजेटमा माओवादीले एकलौटी गरेको ओलीको आरोप, ‘करका दर परिवर्तन अस्वभाविक’
काठमाडौं । सरकारको प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट एकपक्षिय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री पुनले बजेट ल्याउँदा सत्ता साझेदर संग छलफल नगरी एकपक्ष रुपमा बजेट ल्याएको भन्दै सार्वजनिक मन्चवाटै बजेट प्रति असन्तुष्टी व्यक्त गरेका हुन । शनिवार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी पनि गरे । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे । अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे । उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको स्पष्ट पारे ओलीले भने ‘अहिले हामीसँग प्रस्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरुसँग सम्बन्धित खास गरी भन्सार र आयकर सम्बन्धि अरु विभिन्न प्रकारका करहरु सम्बन्धि या सम्पूर्ण आयको अनुमानसम्बन्धि र व्ययका क्षेत्रहरु र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले । हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकि रहन्छ । अघि नै … Continue reading बजेटमा माओवादीले एकलौटी गरेको ओलीको आरोप, ‘करका दर परिवर्तन अस्वभाविक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed