इभी गाडीमा किलोवाट छली:  ६ करोडको मेसिन ल्याउँदा थपिन्छ ५ अर्ब बढी महशुल

काठमाडौं । विद्युतिय गाडी आयातकर्ताहरुले किलोवाट छलि गरेको विषयमा भन्सार विभागले अध्ययन गरिरहेको छ । विभागले किलोवाट छलिको विषयलाई लिएर प्रमाण संकलन गरिरहेको हो । सरकारको प्राविधिक कमजोरीको फाइदा लिएर कम्पनीहरुले धमाधम किलोवाट छलि गरी गाडी आयात गरिरहेका छन् । यदी सरकारले थोरै मात्रै खर्च गर्ने हो भने ५ अर्ब भन्दा बढी राजस्व थप हुने देखिएको छ । सरकारले  किलोवाट अनुसार विद्युतिय गाडीमा भन्सार दर फरक पारेसँगै व्यापारीहरुले सय किलोवाट भन्दा कम कागजात देखाएर गाडी जाँचपास गराइरहेका छन् । विभागका अनुसार सय किलोवाट भन्दा कम क्षमताको गाडी र सय किलोवाट भन्दा बढी क्षमता भएको गाडीमा २० देखी २५ प्रतिशतसम्म महसुल फरक पर्छ । यसैको लाभ उठाउन आयातकर्ताहरुले धमाधम गाडीको किलोवाट घटाएर आयात गरिरहेका छन् । व्यावसायीहरुले किलोवाट छलि गरेर सवारी आयात गर्न थालेपछि विभागले सवारी परिक्षण कार्यालयका इन्जिनियहरुसँग पनि परामर्श गरिसकेको छ । विद्युतिय गाडीको मोटर क्षमता नाप्नका लागि २ वटा विधि छ । पहिलो चेसिस डाइनामो मिटर र अर्को इन्जिन डाइनामो मिटर । सवारी परिक्षण कार्यालय टेकुसँग रहेको चेसिस डाइनामो मिटर हो । यो मिटरले गाडीको टायर घुमेको आधारमा क्षमता मापन गरिन्छ । तर यो मिटरले वास्तविक क्षामता मापन गर्न नसकिने कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर मणिराम भुषालले बताए । उनका अनुसार अहिले सो मिटरलाई सजिलै ढाट्ने सक्नेगरी गाडी … Continue reading इभी गाडीमा किलोवाट छली:  ६ करोडको मेसिन ल्याउँदा थपिन्छ ५ अर्ब बढी महशुल