ओमोडा, डीपल सहित इभी गाडीहरूले किलोवाट घटाएर गरे भन्सार जाँचपास, प्रमाण संकलन गरिँदै

काठमाडौं । इभि गाडी आयातकर्ताहरुले गाडीको मोटर क्षमता (किलोवाट) घटाएर भन्सार जाँचपास गरेका छन् । अधिकांस इभि आयातकर्ताहरुले नक्कली प्रज्ञापन पत्र बनाएर किलोवाट छलि गरेका हुन् । इभि गाडीहरुले किलोवाट घटाएर भन्सार जाँचपास गरेपछि भन्सार विभागले सुक्ष्म अध्ययन सुरु गरेको छ । विभागले किलोवाट छलि गर्ने कम्पनीहरुको सूचि तयार गरी छानविन सुरु गरेको हो । इभि कम्पनीहरुमाथी सुक्ष्म अनुसन्धान गरी अध्ययन सुरु गरेको भन्सार विभागका एक कर्मचारीले बताए । ती कर्मचारीले सिंहदरबारसँग भने ‘अधिकांस इभी गाडीहरुले किलोवाट घटाएर भन्सार जाँचपास गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान अघि बढाएका छौं, यसैका लागि प्रमाण संकलन सुरु गरिसकेका छौं।’ विभागले प्रमाण संकलन गरी अर्थ मन्त्रालय पेश गर्ने र कारबाहि गर्ने या नगर्ने भन्ने विषय अर्थमन्त्री वर्षमान पुनले निर्णय गर्नुपर्ने ती कर्मचारीको भनाई छ । आर्थिक ऐन २०८० मा १ सय किलोवाट भन्दा कम क्षमताको गाडीलाई एक तह र १ सय भन्दा बढी किलोवाट क्षमता भएका गाडीलाई फरक कर दर कायाम गरिएको छ । १ सय किलोवाट भन्दा कममा गाडी जाँचपास गराउँदा २० प्रतिशत भन्दा कम कर तिरे पुग्छ । एउटै गाडीमा लाखौं रुपैयाँ कम कर तिर्नुपर्ने भएपछि कम्पनीहरुले धमाधम नक्कली कागजात पेश गरेर भन्सार जाँचपास गरिरहेका छन् । यसरी कम किलोवटमा गाडी छुटाउने गाडीहरुमा एमजी, बिवाईडी, ओमोडा, डीपल लगायतका ब्राण्डहरु रहेका छन् । ओमोडा-ई … Continue reading ओमोडा, डीपल सहित इभी गाडीहरूले किलोवाट घटाएर गरे भन्सार जाँचपास, प्रमाण संकलन गरिँदै