एउटा लाइसेन्सका लागि प्रचण्ड–ओली आमने–सामने
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद २०८० पुस २१ गतेदेखि नै रिक्त भएको बिषय अब नौलो रहेन् । चार महिना बढी समय बितिसक्दा पनि बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया टुंगो लागिरहेको छैन् र यो थप पेचिलो बनिरहेको छ । बोर्डमा अध्यक्ष नियुक्तिलाई लिएर अहिले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओली नै आमने-सामने भएका छन् । एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसका ‘हार्डकोर’ समर्थक सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन धम्कीपूर्ण सन्देश पठाएपछि प्रधानमन्त्री प्रचण्ड झस्किएका छन् । ओलीलाई एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले पनि सन्तोष नारायणका पक्षमा बलियो गरि उभिन आग्रह गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले काँग्रेससँग सहकार्यका लागि छलफल गरिरहेको प्रशस्तै सूचना पाएका प्रचण्डका लागि ओलीको सन्तोष नारायण प्रतिको रुचिलाई खासै नौलो मानेका छैनन् । तर बाम एकताका लागि पहल गर्ने र सबैलाई रिझाउन सिपालु बिष्णु पौडेलले समेत सन्तोष नारायण श्रेष्ठका लागि दबाव बढाएपछि भने प्रधानमन्त्री प्रचण्ड पनि थप शसंकित बनेका छन् । अहिले बोर्ड अध्यक्ष बन्नका लागि बोर्डकै बरिष्ठ कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेप्सेका सीईओ कृष्ण बहादुर अधिकारी र सन्तोष नारायण श्रेष्ठ अन्तिम पाँच प्रतिष्पर्धीका रुपमा भिडिरहेका छन् । सन्तोष नारायण श्रेष्ठ नेपाली काँग्रेस निकट हुन् भने बाँकी चारै जना … Continue reading एउटा लाइसेन्सका लागि प्रचण्ड–ओली आमने–सामने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed