कुलमानले सुरु गरे तालिकाबिनै औद्योगिक क्षेत्रमा १० घण्टे लोडसेडिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङले औद्योगिक करिडोरमा लोडसेडिङ सुरु गरेका छन् । घिसिङले लोडसेडिङ तालिका प्रकाशित नगरी लोडसेडिङ सुरु गरेका हुन् । अहिले औद्योगिक करिडोरहरु विराटनगर बुटवल र भैरहवा वीरगञ्ज क्षेत्रमा व्यापक रुपमा लोडसेडिङ सुरु भएको छ । सुख्खायाम लागेसँगै प्राधिकरणले विद्युत दिन नसक्ने भन्दै लोडसेडिङ सुरु गरेको हो । वीरगञ्जमा दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ भैरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताए । उद्योगी अग्रवालले सिंहदरबारसँग भने ‘उद्योगीहरुको डेलिगेसन उर्जा मन्त्रालयमा सम्म पुगिसकेको छ । तर सरकारले भने सुक्खा याममा बिजुली नभएको बताउने गरेको छ । मेसिनरी सामान जोगाउनका लोडसेडिङ तालिका मागिरहेका छन् । तर प्राधिकरणले भने कुनै चासो देखाएको छन् ।’ मेसिन चल्दा-चल्दै बिचमा पावर कट हुदाँ उद्योगको मेसिन बिग्रिनुको साथै कच्चा पदार्थ समेत धेरै खर्च हुने उद्योगी अग्रवालको भनाई छ । मोरङको औद्योगिक करिडोरमा अहिले बिहान चार घण्टा र बेलुका चार घण्टा लोडसेडिङ रहेको मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष राकेश सुरानाले बताए । उनले सिंहदरबारसँग भने ‘विराटनगरमा अधिकाँस प्लास्टिक उद्योग छन्, अहिले ६० प्रतिशतले उत्पादन घटेको छ, इमान्दार उद्योगीले काम गर्न सक्ने अवस्था नै रहेको छैन।’ बिहान बेलुका ४-४ घण्टा पावर काटिए पनि बिचमा पटक-पटकसम्म विद्युत बन्द हुने समस्या छ । यसले उद्योगमा गम्भिर समस्या निम्त्याएको छ । धेरै उद्योगीले … Continue reading कुलमानले सुरु गरे तालिकाबिनै औद्योगिक क्षेत्रमा १० घण्टे लोडसेडिङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed