विषयको गहिरो अध्ययन नगरी कर्मचारीलाई हिरासतमा लिनु अत्यन्तै दुःखद : सिबिफिन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले केही दिनदेखि कर्जा दुरुपयोगको विषयलाई लिएर ‘बैंकका कर्मचारी पक्राउ’ भन्ने शिर्षकमा विभिन्न सञ्चारमाध्यम प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासबारे गहिरो अध्ययन नगरी पेशाकर्मीलाई हिरासतमा लिइएकोप्रति परिसंघले आपत्ति जनाएका हुन् । परिसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘बैंकका गतिविधिहरु नियामक निकायको निगरानीमा रहेको छ । सिबिफिनको सुचनामा भनेको छ, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रणमा लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ । यतिमात्र हैन समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन् ।’ देशमा भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति बिदेश पलायन भइरहेको सन्दर्भमा मातृभूमिप्रति आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गर्दै देशको अर्थतन्त्रमा टेवा पु¥याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा गहिरो असर पर्न सक्ने सिबिफिनले जनाएको छ । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा हुने राष्ट्र योजनामा समेत ठेस पुग्ने भएकाले सिबिफिनले यस विषयप्रति आपत्ति जनाएको छ । कर्जा प्रवाह जस्तो नियमितरुपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिबिफिन सम्बन्धित निकायको … Continue reading विषयको गहिरो अध्ययन नगरी कर्मचारीलाई हिरासतमा लिनु अत्यन्तै दुःखद : सिबिफिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed