‘बैंकरले जेल भरिन्छन्, बैंकको ऋण नउठे गभर्नर पक्राउ पर्छन’

काठमाडौं । मंगलबार कार्यालय समय सुरु हुने वित्तिकै बैंकरहरुको मोबाइल व्यस्त रह्यो । बैंकरहरु सधैँझै व्यापार विस्तार र ऋण असुलीका बारेमा कुरा गरिरहेका थिएनन् । उनीहरु त्रसित मुद्रामा एक अर्कासँग कुरा गरिरहेका सुनिन्थे । र कुराकानीको बिषय थियो–‘तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका दुई जना सीईओहरु पक्राउ प्रकरण । मंगलबार कार्यालय समय सुरु हुने वित्तिकै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकरहरुमाथि धरपकड सुरु गरेको थियो । प्रभु बैंकको केन्द्रिय कार्यालयबाट सिनियर डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेसँगै यो सूचना भुसमा आगो झै फैलिसकेको थियो । त्यसपछि प्रभु बैंकको कमलादी शाखाबाट केहि कर्मचारी पक्राउ परे । लगत्तै सेञ्चुरी बैंकका तत्कालिन सीईओ तुल्सीराम गौतम पनि पक्राउ परे । क्षण भरमै तत्कालिन सेञ्चुरी बैंकका दुई सीईओसहित ११ जनालाई पक्रेर सीआईबीले लैनचौर पुर्यायो । यो खबरले बैंकरहरु मात्रै होइन, नेपाल राष्ट्र बैंकभित्र पनि ठूलै कम्पन सृजना गरेको थियो । राष्ट्र बैंकका गभर्नरदेखि उच्च पदस्थ अधिकारीहरु चासोका साथ फोन घुमाईरहेका थिए । उनीहरु सबैको चिन्ताको साझा बिषय एउटै थियो–‘कमसल धितोमा ऋण किन दिएको भन्दै धमाधम पक्राउ गर्न थालिएपछि अब जेल(हिरासत)हरु बैंकरले भरिने भए ।’ मंगलबार नै हामीले आधा दर्जन बढी बाणिज्य बैंकका सीईओहरुसँग यहि बिषयमा चासो राख्यौं । उनीहरु त्रसित देखिए । प्रत्यक्ष भेटिएकाहरुको अनुहार मलिन थियो । फोन सम्पर्कमा रहेकाहरुको पनि आवाज दबेकै थियो । ‘यस्तै … Continue reading ‘बैंकरले जेल भरिन्छन्, बैंकको ऋण नउठे गभर्नर पक्राउ पर्छन’