६ वटा जहाज उडाउन १४ सय कर्मचारी थुपारेपछि निगम कसरी चल्छ ?

डिमप्रसाद पौडेल ‘प्रकाश’ नेपाल वायुसेवा निगमका महाप्रबन्धक हुन् । सरकारले गत असोजमा ४ वर्षका लागि निगमको नेतृत्व पौडेललाई जिम्मा दिएको हो । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । आफ्नो नेतृत्वकाललाई इतिहासको स्वर्णीम युग बनाउने लक्ष्यका साथ अघि बढेका पौडेल निगम आउनासाथ केही सुधारका संकेत देखिन थालेका छन् । उनको भनाइ छ, “हालको खर्चलाई आम्दानीले धान्नै नसक्ने स्थिति छ । मैले भनेका बेला सरकारले जहाज थपिदिन्छ भने निगमलाई इतिहासमै पहिलोपल्ट नाफाको स्थितिमा पुर्‍याएर देखाउँछु ।” प्रस्तुत छ, पौडेलसँग सिंहदरबारले गरेको कुराकानीको सारः – अहिले कुनै हवाई कम्पनीका लागि अनुकल वातावरण छैन । म आउँदा पनि प्रतिकुल अवस्था नै थियो । – कोभिडको प्रभाव कम भएपछि ठूलो फड्को मार्ने गरी आन्तरिक तयारी र सुधारको मार्गचित्र तयार पारेका छौं । – म आएपछि कहिल्यै नभएका सुधारका कामको लामै लिस्ट बन्छ । व्यवस्थापनमा आन्तरिक सुधार, डिसिप्लिन रिस्टोरेसन, १० वर्षे व्यवसायिक योजना तयार आदि केही सम्झनालायक काम हुन् । निगममा म वा जो नेतृत्व आएपनि निगम यात्रा गर्ने हाइवे तयार पारेका छौं । – साउन–भदौबाट अनलाइन टिकेटिङमा जान्छौं । अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ । अब बुकिङ गर्ने वित्तीकै टिकट प्रिन्ट गर्न सक्ने व्यवस्था हुनेछ । – अहिलेसम्म जेजे भयो त्यसको तुलनात्मक उपलब्धी थाहा पाउन १ वर्ष लाग्छ तर हामी व्यापक मात्रामा कस्ट … Continue reading ६ वटा जहाज उडाउन १४ सय कर्मचारी थुपारेपछि निगम कसरी चल्छ ?