धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि गठित समिति नै त्रुटिपूर्ण

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीका लागि गठित छनौट समिति नै त्रुटिपूर्ण देखिएको छ । सरकारले माघ ३ गते बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिमा अर्थ सचिव कृष्णहरी पुष्कर र बिशेषज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेका छन् । विज्ञ सदस्यका रुपमा समितिमा चयन गरिएका निरौलाको विज्ञतामाथि प्रश्न उठेको हो । निरौला शंकर देव क्याम्पसमा फाइनान्सका प्राध्यापक हुन् । फाइनान्सका प्राध्यापक कसरी पुँजी बजारको बिशेषज्ञ भए भन्ने प्रश्न उठेको हो । यस अघिका अध्यक्ष रमेश हमाललाई नियुक्त गर्ने समयमा योजना आयोगकै उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा छनौट समिति गठन भएको थियो । जसमा अर्थ सचिव मधु मरासिनी र बिशेषज्ञ सदस्य जिवनाथ धिताल थिए । धितालले छनौट समितिमा बस्नु अघि नै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को सञ्चालक समिति अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका थिए । त्यस अघि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई नियुक्त गर्दा छनौट समिति संयोजकमा योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यका रुपमा डा. रामकुमार फुँयाल संयोजक थिए भने अर्थ सचिव शिशिर ढुंगाना र बिशेषज्ञ सदस्यमा कृष्ण प्रसाद आचार्य थिए । आचार्यले बोर्ड सञ्चालक समितिमा बसेर एक कार्यकाल काम गरिसकेकाले उनलाई विज्ञका रुपमा छनौट समितिमा राखिएको थियो । यसपाली विज्ञ सदस्यका रुपमा नियुक्त गरिएका उदय निरौला भने फाइनान्सका प्राध्यापक हुन् । … Continue reading धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि गठित समिति नै त्रुटिपूर्ण