धितोपत्र बोर्डमा ‘दैनिकी’को जिम्मेवारी कसैले पाएनन्, अर्थमन्त्रीको नियत र कार्य क्षमतामा प्रश्न

काठमाडौं । छिन छिनमै चलखेल भैरहने नेपालको पुँजी बजार नियमन गर्ने सर्वाेच्च संस्था नेपाल धितोपत्र बोर्ड करिब दुई हप्तादेखि नेतृत्व बिहिन बनेको छ । पुस २० गते आफ्नो २२ महिने कार्यकाल पुरा गरि अध्यक्ष रमेश हमाल बिदा भएसँगै बोर्ड नेतृत्व बिहिन बन्न पुगेको हो । त्यति मात्रै होइन, २० गतेदेखि बोर्डमा दैनिक कार्य सञ्चालनको जिम्मेवारी समेत कसैले पाएको छैन् । बोर्ड अहिले चार जना कार्यकारी निर्देशकहरु क्रमशः डा. नबराज अधिकारी, विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल कार्यरत छन् । उनीहरुमध्येबाट एक जनालाई दैनिक कार्यसञ्चालन तथा बोर्ड बैठक समेत बोलाउन सक्ने गरि अख्तियारी दिने प्रचलन छ । यस अघि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई मन्त्रिपरिषदले निलम्बन गरेपछि बरिष्ठ कार्यकारी निर्देशक निरज गिरीलाई दैनिक कार्य सञ्चालन तथा बोर्ड बैठक बोलाउने अख्तियारी दिईएको थियो । तर अहिले भने अध्यक्ष बिहिन बनेको दुई हप्ता पुग्नै लाग्दा समेत बोर्डमा कसैलाई त्यस्तो दैनिक कार्यसञ्चालनको जिम्मेवारी तोकिएको छैन् । जिम्मेवारी पाउन दुई कार्यकारीको समानान्तर पत्र केहि दिन अघि बोर्डका दुई जना कार्यकारी निर्देशक डा. नबराज अधिकारी र कृष्णराज पोखरेलले तत्कालै दैनिक कार्य सञ्चालनको जिम्मेवारी चाहियो भन्दै अर्थ मन्त्रालयमा पत्र बुझाएका थिए । दुर सञ्चारमा हतारो, सेबोनलाई वेवास्था नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पुस २४ गते राजीनामा दिएका थिए । उनको राजीनामा सोही दिन बसेको मन्त्रिपरिषदले … Continue reading धितोपत्र बोर्डमा ‘दैनिकी’को जिम्मेवारी कसैले पाएनन्, अर्थमन्त्रीको नियत र कार्य क्षमतामा प्रश्न