बोधराज देवकोटाले छाडे महालक्ष्मी विकास बैंक, कामु सीईओको जिम्मा लम्साललाई

काठमाडौं । महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटाले बैंक छाडेका छन् । उनले आफ्नो चार बर्से कार्यकाल १४ महिना बाँकी छँदै राजीनामा दिएर बाहिरिएका हुन् । देवकोटाले माघ १ गतेदेखि लागु हुने गरि पुस २८ गते राजीनामा दिएका थिए । बैंक सञ्चालक समितिको सोही दिन बसेको सञ्चालक समितिको बैठकले बैंकका बरिष्ठ डेपुटी सीईओ दिपेश लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको छ ।