धितोपत्र बोर्डमा अध्यक्ष छान्न सरकारको अरुचि, नयाँ स्टकको चर्चाले गठबन्धन ‘हच्कियो’

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गर्दै प्राधिकरणमा नयाँ अध्यक्ष छनौटका लागि समिति गठन गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत संयोजकत्वमा छनौट समिति गठन गरेको हो । सरकारले दुर सञ्चार प्राधिकरणका अध्यक्षले मंगलबार नै दिएको राजीनामा स्वीकृत गरेर सोही दिन नयाँ अध्यक्ष छान्न समिति गठन गर्दा पनि नेपाल धितोपत्र बोर्डको नेतृत्व चयनले भने कुनै महत्व पाएन् । यतिसम्मका धितोपत्र बोर्डमा दैनिक कार्य सञ्चालनका लागि प्रतिनिधी समेत तोकिएन् । जबकी प्राधिकरणमा सञ्चालक समिति सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको छ, र उनले अर्काे व्यवस्था नभएसम्म सो जिम्मेवारी बहन गर्नेछन् । २२ महिने कार्यकाल सकेर बाहिरिए हमाल, नयाँ अध्यक्षका लागि दौडधुप तिब्र, नयाँ स्टक कसलाई ? उता, नेपाल धितोपत्र बोर्डमा भने पुस २० गतेदेखि नै अध्यक्ष पद खाली छ । बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालले आफ्नो २२ महिने(भिष्म ढुंगाना निलम्बनमा परेपछिको बाँकी अवधी) कार्यकाल पुरा गरेर पुस २० गते घर फर्किएका थिए । पुस २० गतेदेखि रिक्त रहेको बोर्ड अध्यक्षमा न सरकारले कार्यवाहक अध्यक्ष तोकेको छ न त दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि बोर्ड व्यवस्थापनका कुनै कर्मचारीलाई जिम्मेवारी नै दिएको छ । अर्थात यतिबेला धितोपत्र बोर्डको नयाँ नेतृत्व सरकारको प्राथमिकतामै देखिएन् । स्रोतका अनुसार धितोपत्र बोर्डले … Continue reading धितोपत्र बोर्डमा अध्यक्ष छान्न सरकारको अरुचि, नयाँ स्टकको चर्चाले गठबन्धन ‘हच्कियो’