२२ महिने कार्यकाल सकेर बाहिरिए हमाल, नयाँ अध्यक्षका लागि दौडधुप तिब्र, नयाँ स्टक कसलाई ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आफ्नो २२ महिने कार्यकाल सकेर घर फर्किएका छन् । २०७८ फागुन ५ गते अध्यक्षको पदभार ग्रहण गरेका हमाल २०८० पुस २० गतेदेखि घर फर्किएका हुन् । उनले बुक बिल्डिङ प्रक्रिया अघि बढाएको, नयाँ ब्रोकरलाई लाइसेन्स दिएको, पीईभीसीलाई लाइसेन्स दिएको, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा १० प्रतिशत आरक्षण उपलब्ध गराएको लगाएतका उपलब्धि अघि सारेका छन् । हमालले आफ्नो कार्यकाल सकेर घर फर्किएसँगै अब बोर्डका लागि नयाँ अध्यक्षको खोजी सुरु भैसकेको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया पेचिलो बनिरहेका बेला लाइसेन्सका लागि आवेदन दिएका बिजनेश समुहहरु आफु अनुकुल अध्यक्ष नियुक्त गराउन दौडधुप गरिरहेका छन् । आकांक्षीहरु पनि अध्यक्ष बन्नका लागि राजनीतिक शक्ति केन्द्र र बिजनेश ग्रुपहरु रिझाउन सक्रिय बनिसकेका छन् । स्रोतका अनुसार अब अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारीहरु डा. नबराज अधिकारी, कृष्ण पोखरेल र मुक्ति श्रेष्ठको नाम उच्च प्रतिष्पर्धामा छ । बाहिरबाट भने बोर्डका पूर्व कार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीले पनि बोर्ड अध्यक्ष बन्नका लागि शक्ति केन्द्र रिझाउने प्रयास गरिरहेका छन् । त्यस बाहेक तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेप्सेका पूर्व जीएम चन्द्रसिंह साउँद, नेप्सेको अहिलेका जीएम कृष्ण कार्कीको नाम पनि चर्चामा छ ।हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको समुहले … Continue reading २२ महिने कार्यकाल सकेर बाहिरिए हमाल, नयाँ अध्यक्षका लागि दौडधुप तिब्र, नयाँ स्टक कसलाई ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed