नयाँ स्टकको लाइसेन्सले सत्ता गठबन्धनमा खटपट, बालुवाटार बैठकमा के के भयो ?
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका बिषयलाई लिएर सत्ता गठबन्धनमै खटपट भएको छ । प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिको पुस १२ गतेको बैठकमै सत्ता गठबन्धनका सांसदबीच मतभेद देखिएको थियो । धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई छलफलका लागि बोलाईएको बैठकमा काँग्रेस संस्थापन र माओवादीका सांसदहरु एकातिर देखिएका थिए भने कांग्रेस संस्थापन इतर र एकिकृत समाजवादीका सांसदहरु अर्काेतिर देखिएका थिए । सो बैठकले प्रिमियममा जारी भएका आईपीओहरुमाथि छानविन गर्न अख्तियारलाई निर्देशन दिने तथा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पति छानविनका लागि सम्पति शुद्धीकरण विभागलाई निर्देशन दिनेसहितका १० बुँदे निर्देशन दिएको थियो । समितिको औपचारिक बैठक बस्नु अघि पनि सांसदहरुबीच करिब एक घण्टा के निर्देशन दिने ? भन्नेबारे चर्काचर्की छलफल भएको थियो । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकमा पनि नयाँ स्टक एक्सचेञ्जका बिषयमा कुरा उठेको थियो । बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवाले ‘नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया’ किन रोकेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न सोधेका थिए । देउवाले नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने गरि छिटो निर्णय गर्न प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बतायो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने बजारमा नकारात्मक माहोल बनेकाले अहिले नै नयाँ स्टकलाई लाइसेन्स दिने बाटो खोलिदिँदा परिस्थिति झनै बिग्रिने जवाफ दिएका थिए । ‘काँग्रेस सभापतिज्यूले स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउने गरि मन्त्रिपरिषदले छिटो … Continue reading नयाँ स्टकको लाइसेन्सले सत्ता गठबन्धनमा खटपट, बालुवाटार बैठकमा के के भयो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed