नेपाल बैंकको सीईओ नियुक्तीमा विचौलिया हावी, पूर्व निर्धारित सेटिङमा टप फाइभको सूचि

काठमाडौं । नेपाल बैंकको सीईओ नियुक्ती प्रक्रियामा टप पाँच जनाको सर्ट लिस्टिङ भएको छ । छनौट समितिले आइतबार राति आवेदक १९ जनामध्ये टप पाँच जनाको नाम सर्ट लिस्टिङ गरेको हो । टप पाँचमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टको नाम समेटिएको छ र उनीहरुलाई पुस ४ गते पावरपोइन्टसहित व्यवसायीक कार्ययोजना बोकेर प्रस्तुतिकरणका लागि उपस्थित हुन भनिएको छ । टप पाँचमा परेकामध्ये एक जना मात्रै गैर काँग्रेसी हुन, बाँकी ४ जना नै काँग्रेस निकटका छन् । तिनै चारजनामध्ये एक जनालााई सीईओ नियुक्त गरिने स्रोत बताउँछ । नेपाल बैंकको सीईओ भिडन्तमा नयाँ ट्वीस्टः तिलकराज पाण्डेको दमदार इन्ट्री चारमध्ये पनि तिलकराज पाण्डेको अधिक सम्भावना रहेको बताइन्छ । पाण्डेले एक जना विचौलिया मार्फत अर्थमन्त्री डा. प्रकाश शरण महत तथा काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर सीईओ पक्का गरिसकेको स्रोत बताउँछ । उनी नेपाल बैंककै पूर्व कर्मचारी पनि हुन् । समता पन्त अर्की दावेदार हुन् । नेपाल बैंकमै निमित्त सीईओ रहेकी उनी पनि काँग्रेस निकट नै मानिन्छिन् ।  सुदुरपश्चिम घर भएका पन्तका श्रीमान नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन् । लक्ष्मण पौडेलले पनि आफ्ना लागि निकै जोडबल गरिरहेका छन् । उनका एक आफन्त नेपाल राष्ट्र बैंकको शक्तिशाली विभागमा कार्यकारी निर्देशक रहेका छन् । ध्रवचन्द्र गौतमले पनि आफ्नो … Continue reading नेपाल बैंकको सीईओ नियुक्तीमा विचौलिया हावी, पूर्व निर्धारित सेटिङमा टप फाइभको सूचि