नेपाल बैंकको सीईओ भिडन्तमा नयाँ ट्वीस्टः तिलकराज पाण्डेको दमदार इन्ट्री

काठमाडौं । नेपाल बैंकको सीईओ छनौट प्रक्रियामा नयाँ ट्वीस्ट देखिएको छ । सुरुमा सीईओ बन्नेहरुको सूचिमा रहेकाहरुलाई पछि पार्दै नयाँ नाम एग्रेशिभ रुपले अघि आएको छ । नेपाल बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका छन् । उनीहरुमध्ये छपिराज पन्त, समता पन्त र कृष्ण प्रसाद आचार्यलाई प्रबल दावेदार मानिएको थियो । तर एकाएक चर्चामा आएको नयाँ नामले नेपाल बैंकको सीईओ भिडन्तलाई रोचक बनाईदिएको छ । बैंकले असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । जसमा अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका थिए । सुरुमा छपिराज पन्त, समता पन्त र कृष्ण प्रसाद आचार्यलाई सम्भावित सीईओका रुपमा लिईएको थियो । तर अहिले भने बैंककै पूर्व चिफ मेनेजर तिलकराज पाण्डेयको नाम अघि आएको छ । स्रोतका अनुसार नुवाकोटकै एक जना पाण्डे थरका काँग्रेस कार्यकर्ताले तिलकराज पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेट गराएका छन् । उनै पाण्डेले तिलकराजको भेट काँग्रेस सभापति शेर बहादुर देउवासँग … Continue reading नेपाल बैंकको सीईओ भिडन्तमा नयाँ ट्वीस्टः तिलकराज पाण्डेको दमदार इन्ट्री