एलआईसी नेपालको ८८ प्रतिशत हकप्रद सेयर रोक्दै बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एलआईसी नेपालको हकप्रद सेयर रोक्ने चेतावनी दिएको छ । मंसिर १५ गते बसेको प्राधिकरण सञ्चालक समितिले एलआईसी नेपाललाई हकप्रद सेयर रोक्ने चेतावनीसहित ३ दिने स्पष्टीकरण सोधेको हो । हकप्रद सेयर जारी गर्ने अनुमति पाएको ६ महिनासम्म पनि जारी नगरेको भन्दै प्राधिकरणले त्यस्तो हकप्रद जारी गर्न दिने सम्बन्धी आफ्नो अनुमति किन फिर्ता नलिने भन्दै स्पष्टीकरण सोधेको हो । एलआईसी नेपालले २०७९ पुस ८ गतेको बैठकबाट चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । त्यतिबेला पनि प्राधिकरणको स्वीकृति नलिई हकप्रद सेयर जारी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । कम्पनीको २०७९ माघ ३ गतेको बिशेष साधारण सभाले हकप्रद सेयर जारी गर्ने निर्णय पनि पास गरिसकेको छ । कम्पनीलाई बीमा प्राधिकरणले २०८० असार १५ गते हकप्रद सेयर जारी गर्ने स्वीकृति प्रदान गरेको थियो । तर अनुमति पाएको पाँच महिनासम्म पनि हकप्रद सेयर जारी नगरि बसेको भन्दै प्राधिकरणले त्यस्तो हकप्रद सेयर जारी गर्न दिएको स्वीकृति किन फिर्ता नलिने ? भन्दै ३ दिने स्पष्टीकरण सोधेको हो । साधारण सभाबाट पास गरि बीमा प्राधिकरणबाट असार १५ गते नै स्वीकृत पाएको कम्पनीले साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै नेपाल धितोपत्र बोर्डमा अनुमातिका लागि आवेदन दिएको थियो । आफ्नै साधारण सभाबाट पास गरिसकेको, बीमा प्राधिकरणबाट पनि … Continue reading एलआईसी नेपालको ८८ प्रतिशत हकप्रद सेयर रोक्दै बीमा प्राधिकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed