डेढ महिनादेखि अर्थमन्त्रीले रोके ब्रोकर कमिसन घटाउने निर्णयको फाइल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयन रोकेको छन् । नेपाल धितोपत्र बोर्डले कात्तिक १ गते ब्रोकर कमिसन घटाउने निर्णय गर्दै स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो । तर डेढ महिनासम्म पनि स्वीकृति नदिएर अर्थमन्त्री डा. महतले ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयन रोकेका हुन् । कात्तिक १ गतेको सञ्चालक समिति बैठकबाट धितोपत्र बोर्डले साबिकको ब्रोकर कमिसन दर १० प्रतिशतले घटाउने निर्णय गरेको थियो । ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णयलाई स्वीकृति दिने प्रक्रिया कहाँ पुग्यो ? भन्ने सिंहदरबारको प्रश्नमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख भुपाल बरालले भने–‘पछिल्लो समय के भैरहेको छ भन्ने मलाई थाहा छैन्, मेरो फाँटबाट फाइल उठेर अगाडी बढेको थियो, निर्णय भएर आईसकेको छैन, अहिले के भैरहेको छ भन्ने मलाई पनि जानकारी छैन् ।’ बोर्डले अब ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्ने प्रस्ताव गरेको छ । हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा … Continue reading डेढ महिनादेखि अर्थमन्त्रीले रोके ब्रोकर कमिसन घटाउने निर्णयको फाइल