Shikhar Insurance
National Life

राष्ट्र बैंकलाई माइक्रो मेनेजमेन्ट नगर्न भनेका छौँ : अर्थमन्त्री महत

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा ब्यवसायमाथी माइक्रो मेनेजमेन्ट नगर्न राष्ट्र बैंकलाई भनेको बताएका छन् ।

उनले भने ‘मौद्रिक निति मार्फत सुधारलाई साथ दिन राष्ट्र बैंकलाई भनेका छौँ । केही सुधार पनि भएको छ । चालु पुजि कर्जा मार्ग दर्शनका कारण अझै भने जस्तो हुन सकिरहेको छैन । राष्ट्र बैंकलाई माइक्रो मेनेजमेन्ट नगर्न भनेका छौँ ।’ अहिले बजारमा धेरै नकारात्मक हल्ला चलेकाले लगानी कर्ता र उपभोक्ता दुबै निरुत्साहित भएको दावी पनि गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानी कर्ताको मनोबल खस्केको छ, लगानी थप्न हिच्किचाएका छन् । उपभोक्ता पनि खर्च गर्न हिच्किचाएका छन् । तर अब सुधार हुदैछ । रेमिटेन्स राम्रो बढेको छफ जहाजमा भरी भरी पर्यटक आइरहेका छन् ।’ अर्थमन्त्री डा. महतले भने ।

अब भने अर्थतन्त्रमा सुधारका थुप्रै संकेत देखिएको दावी पनि गरे । ‘घरजग्गाको कारोबार पनि केही वृद्धि भैरहेको छ । रेमिटेन्स वृद्धि भएको छ, पर्यटकहरु जहाजमा भरिभराउ आउन थालेका छन् । अब अर्थतन्त्र सुधार हुन्छ’ मन्त्री महतले भने ।

उनले अर्थतन्त्रमा क्रीप्टो करेन्सिको प्रभाव अध्ययन गर्न लागिएको पनि बताए । ‘क्रीप्टोमा लगानी भएर पो अर्थतन्त्रमा समस्या आएको हो कि हामी अध्ययन गरिरहेका छौ ।’ मन्त्री डा. महतले भने ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्