कठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16’ योजना घोषणा गरेको छ ।
यस योजनामा सहभागी हुने ग्राहकले ष्एजयलभ ज्ञट जित्न सक्ने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहक महानुभावहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै iPhone 16 प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।
नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहक महानुभावहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्